Madhes Khabar
अर्थतन्‍त्र

६ वटा महानगर मध्ये सबै भन्दा कम बजेट वीरगन्ज महानगरको

मधेसखबर
वीरगन्ज,११असार : देशका ६ वटै महानगरले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेका छन् । ६ वटै महानगर मध्ये सबै भन्दा कम बजेट वीरगन्ज महानगरको रहेको छ । सबै भन्दा बढि बजेट काठमाण्डौ महानगरको रहेको छ ।

मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।शुक्रबार सम्पन्न वीरगन्ज महानगरपालिकाको ११औँ नगर सभाको अधिवेशनमा उपमेयर इम्तियाज आलमले ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।प्रस्तुत बजेटमा चालूतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पुँजीगततर्फ एक अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

 

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ ।शुक्रबार आयोजित नगरसभामा काठमाण्डौ महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

यस्तै ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० लागि ६ अर्ब, ३५ करोड तीन हजारको बजेट विनियोजन गरेको छ ।

नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयर रहेको चितवनको भरतपुर महानगरपालिकाले भने आगामी आर्थिक वर्षका लागि वीरगन्ज महानगरको भन्दा झण्डै साढे २ अर्बले बढि अर्थात ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाको बजेट ल्याएको छ ।

प्रदेश १ को एक मात्र महानगर विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार बराबरको रहेकोे छ ।

Related posts

वीरगन्ज महानगरपालिकाद्वारा आठ महिनामा साढे ३३ कराेड राजश्व संकलन

MadhesKhabar

बागमती प्रदेशमा लगानी विस्तार गर्न वीरगन्जका उद्योगी व्यपारीसंग अर्थमन्त्री काफ्लेको आग्रह

MadhesKhabar

डेट एक्सपायर ‘बडवाइजर’ बियर वीरगन्जको बजारमा छ्याप–छ्याप्ती

MadhesKhabar

Leave a Comment