Madhes Khabar
शिक्षा

जन्मदिनको अवसरमा अमेरिकाबाट पर्साका दलित बालबालिकालाई उपहार

मधेसखबर

वीरगन्ज,०४असार : अमेरिकामा बस्दै आएका एक नेपालीले आफ्नो छोरको  जन्म दिनको अवसरमा पर्सा का दलित बालबालिकालाई स्टेसनरी सामग्री सहयोग गरेका छन् ।

सिन्धुलीको दुनपा- ४, पाखाटोल डकाहा घर भइ हाल अमेरिकामा बस्दै आएका बस्दै आएका प्रकाश आचार्यले  आफ्नो ४ बर्षिय छोरा रौनक आचार्यको जन्म दिनको अवसरमा जन्म दिनको उपहार स्वरूप पर्साको ग्रामीण भेगका दलित बालबालिकालाई स्टेसनरी सामग्री सहयोग गरेका हुन्।

पिस फर दलित फाउन्डेसन नेपालले दलित बालबालिकाका लागि सन्चालन गरेको  दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ, विद्यालय निरन्तरता , गुणस्तरीय शिक्षा तथा निशुल्क टियुसन कक्षा संचालनमा सहभागी बालबालिकालाई आचार्यले  पठाएको कापि ,कलम र शीशाकलम बाडिएको  फाउण्डेशनका अध्यक्ष मनोज रामले जानकारी दिए ।

Related posts

पर्साको सरकारी विद्यालयका बालबालिकालाई युवा नेता मितवाले बाँडे स्कूल ब्याग

MadhesKhabar

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला

MadhesKhabar

पर्साका दलितबस्तीमा बालबालिकाका लागि ‘घरदैलो शिक्षा अभियान’ सञ्चालन गर्ने तयारी

MadhesKhabar

Leave a Comment