Madhes Khabar
शिक्षा

जन्मदिनको अवसरमा अमेरिकाबाट पर्साका दलित बालबालिकालाई उपहार

मधेसखबर

वीरगन्ज,०४असार : अमेरिकामा बस्दै आएका एक नेपालीले आफ्नो छोरको  जन्म दिनको अवसरमा पर्सा का दलित बालबालिकालाई स्टेसनरी सामग्री सहयोग गरेका छन् ।

सिन्धुलीको दुनपा- ४, पाखाटोल डकाहा घर भइ हाल अमेरिकामा बस्दै आएका बस्दै आएका प्रकाश आचार्यले  आफ्नो ४ बर्षिय छोरा रौनक आचार्यको जन्म दिनको अवसरमा जन्म दिनको उपहार स्वरूप पर्साको ग्रामीण भेगका दलित बालबालिकालाई स्टेसनरी सामग्री सहयोग गरेका हुन्।

पिस फर दलित फाउन्डेसन नेपालले दलित बालबालिकाका लागि सन्चालन गरेको  दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ, विद्यालय निरन्तरता , गुणस्तरीय शिक्षा तथा निशुल्क टियुसन कक्षा संचालनमा सहभागी बालबालिकालाई आचार्यले  पठाएको कापि ,कलम र शीशाकलम बाडिएको  फाउण्डेशनका अध्यक्ष मनोज रामले जानकारी दिए ।

Related posts

ठाकुरराम क्याम्पसमा आगजनी ,३ विद्यार्थी पक्राउ

MadhesKhabar

पहिलो वर्षमै शतप्रतिशत नतिजा ल्याउँदै बीएचसी मेडिकल कलेज (नर्सिङ क्याम्पस) मधेस प्रदेशमै प्रथम

MadhesKhabar

अभिभावक संघर्ष समितिको आपत्ति , तर मेयर सिंह भन्छन् : पहिले भन्दा शुल्क घटेको छ , आएर हेर्दा हुन्छ

MadhesKhabar

Leave a Comment