Madhes Khabar
स्वास्थ्य

रेडक्रस केन्द्रिय कार्यालयद्धारा पर्सा शाखालाइ स्कार्पियो गाडी प्रदान

मधेसखबर
वीरगन्ज,३०जेठ : नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय कार्यालयले रेडक्रस पर्सा शाखालाई एक थान स्कोरपियो गाडी प्रदान गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय कार्यालयले पर्सामा मानवीय सेवा प्रदान गर्न सहजता र विपद उद्धारका कार्यमा प्रभावकारी सेवा प्रदा गर्न सहयोग पुगोस् भन्ने उदेश्यले रेडक्रस पर्सा शाखालाई एक थान स्कोरपियो गाडी प्रदान गरेको हो ।
सोमबार काठमाण्डौमा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यकारी निदेशक उमेश ढकालले पर्सा शाखाका सभापति विरेन्द्रराज कंडेललाई उक्त गाडी हस्तान्तरण गरेका हुन् । देशका ७७ वटै जिल्ला शाखाहरु मध्ये पटक पटक उत्कृष्ट हुदै आएको नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले सेवा मुलककार्यलाई थप प्रभावकारी बनाई जनतालाई सहयोग गर्नेमा विश्वस्त रहेको ढकालले बताए ।
सवारीसाधन हस्तान्त्रण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका उपमन्त्री साविर अहम्मद एराज, चितवनका सभापति ज्ञानशाली न्यौपाने, महोतरी जिल्लाका दिपक मिश्र, केन्द्रिय कार्यालयका रुद्र अधिकारी, उमेश मिश्र, चालक मन्ताज मियाँ लगायतको उपस्थित रहेको रेडक्रस पर्साका सहायक राजन कुमार श्रीवास्तवले जानकारी गराए ।

Related posts

नारायणी अस्पतालमा आगलागी

MadhesKhabar

काेराेनाकाे जाेखिम बढेपछि वीरगन्ज नाकामा फेरि स्क्रिनिङ र एन्टिजेन टेष्ट सुरु

MadhesKhabar

वीरगन्जमा हैजाको महामारी नियन्त्रणमा जुटे तीनै तहका सरकार

MadhesKhabar

Leave a Comment