Madhes Khabar
समाचार

पर्साको देकुलीमा आगलागी हुदा घरगोठ जलेर नष्ट

प्रमोद यादव
पर्सा,२९ जेठ : पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नमबर ३ पश्चिम देकुलीमा बृजलाल दास थारुको घरगोठमा आगलागी भएको छ ।
लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर घरगोठमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ । शनिबार राती १२ बजे तिर लागेको आगो स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आइतबार बिहान २ बजे तिर निभाइएको प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक सर्फलाल यादवले जानकारी दिए ।
आगलागीमा परि २ वटा भैंसी पनि जलेर गम्भीर घाइते भएको यादवले बताए ।

Related posts

सर्लाहीमा एक युवकको हत्या

MadhesKhabar

वीरगञ्जमा मसाज तथा स्पा सेन्टरमाथि महानगरको निगरानी, अनुगमन तीव्र

MadhesKhabar

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ

MadhesKhabar

Leave a Comment