Madhes Khabar
समाज

सखुवा प्रसौनीको प्रसौनी टोलमा अध्यक्ष यादवद्धारा नाला निर्माणको शीलन्याश

मधेसखबर
वीरगन्ज,२८जेठः पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित प्रसौनी टोलमा पक्की नाला निर्माणको शनिबार शिलान्यास गरिएको छ ।सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले पक्की नालाको शिलान्यास गरेका हुन् । प्रसौनी टोलमा १९ लाख ३५ हजार ९ सय रुपैयाको लागतमा नाला निर्माण गर्न थालिएको हो । गत बैशाख १६ गते ठेक्का सम्झौता भएको उक्त नाला निर्माणको काम असार १५ गते भित्र सक्नु पर्नेछ । नाला निर्माणको ठेक्का आरती कन्ट्रक्सनले लिएको हो ।
शनिबार नाला निर्माणको शीलन्याश गर्दै गाँउपालिका अध्यक्ष यादवले गाउँपालिकामा नयाँ जनप्रतिनिधीहरु निर्वाचित भएर आइसकेकाले अब विकास निर्माणको कार्यले तिब्रता लिने बताए । यसअघिका जनप्रतिनिधिहरुले आफना दलका कार्यकर्ता पोस्ने र आफ्ना आसेपासेलाइ पालिकामा भर्ति गर्नु बाहेक केहि काम नगरेको यादवले आरोप लगाए । तर अब भने ती सबै विकृतिहरु समाप्त गरेर पालिका र जनताको हितमा आफुहरुले काम गर्ने उनले बताए । उनले पाँच वर्षको अवधिमा आफुहरुले गाँउपालिकाको कायापलट गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
शनिबार नाला निर्माणको शीलन्याश कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष चिरन्जीवि महतोका साथै स्थानीय अगुवाहरुको पनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्जका समाजसेवी अग्रवालले विपन्न बिरामीलाई निशुल्क रगतको लागि गरे आर्थिक सहयोग

MadhesKhabar

करोडौँ मुल्य पर्ने जग्गा टिबडेवालद्धारा वीरगन्ज महानगरलाई दान

MadhesKhabar

बारामा सौतेनी आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ

MadhesKhabar

Leave a Comment