Madhes Khabar
पर्यटन

निजगढ विमानस्थलको कानुन मन्त्री बन्दीद्धारा अवलोकन

मधेसखबर
वीरगन्ज,२०जेठः
कानुन,न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद बन्दीले बाराको निजगढमा प्रस्तावित अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरेका छन् ।
शुक्रबार बिहान मन्त्री बन्दीले प्रस्तावित निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरेका हुन् ।
स्थानीय अगुवा र सरोकारवालाहरुसंगै मन्त्री बन्दीले विमानस्थल निर्माणस्थलको अवलोकन गरेको मन्त्री बन्दीका स्वकीय सचिव लक्ष्मण बस्यालले जानकारी दिए । त्यसक्रममा मन्त्री बन्दीले स्थानीयवासीसंग विमानस्थल निर्माण बारेका चुनौती र समस्या बारे छलफल पनि गरेको बस्यालले जानकारी दिए ।
सर्वोच्च अदालतले यहि जेठ १२ गते निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न अन्तिम फैसला गरेपनि सरकार , संसद र राजनीति दलहरु भने विमानस्थल निर्माणको निर्णयबाट पछि नहट्ने अडानमा छन् ।
विमानस्थल निर्माणका लागि ८ सय ५० बिघा जग्गा सरकारले अधिग्रहण गरिसकेको र १ खर्ब भन्दा बढि राज्यको ढुकुटी खर्च भइसकेकाले निजगढमै विमानस्थल निर्माण हुने सरकारको अडान छ । आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका लागि योजना राखेको छ ।

Related posts

ब्रिटिश सेनालाई गाेर्खाली सेनाले हराएकाे पर्साकाे पर्सागढीमा विजय महोत्सव मनाइदैं

MadhesKhabar

मनकामना केबुलकार ५० दिन बन्द हुने

MadhesKhabar

भिस्वा डाँडामा एक करोडको लागतमा निर्माण हुने अतिथि गृह भवनको शिलान्यास

MadhesKhabar

Leave a Comment