Madhes Khabar
प्रविधि

फेसबुककी सीइओ शेरिलले दिइन् राजीनामा

मधेसखबर
वीरगन्ज,२०जेठः
विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सन्जाल फेसबुकको मातृ कम्पनी मेटाकी प्रमुख कार्यसन्चालन अधिकृत (सिइओ) शेरिल स्याण्डबर्गले पदबाट राजीनामा दिएकी छिन् ।
पछिल्लो १४ वर्षदेखि फेसबुकको सिइओ पदमा रहेकी शेरिलले बुधबार राजीनामाको घोषणा गरेकी हुन् । एक फेसबुक पोस्ट मार्फत उनले अब जीवनको नयाँ अध्यायको समय आएको बताएकी छिन् ।शेरिल स्याण्डबर्ग फेसबुक स्थापना भएको ४ वर्षपछि सन् २००८ मा कम्पनीसँग जोडिएकी थिइन् । आफ्नो लामो कार्यकालमा उनले फेसबुकको डिजिटल विज्ञापन व्यवसायलाई निकै उत्कृष्ट ढंगले सम्हालिन् र कम्पनीलाई नयाँ उचाइँमा पु¥याइन् ।
फेसबुकलाई १०० अर्ब डलरको कम्पनीसम्म पूराउनका लागि उनले अहम भूमिका खेलेकी थिइन् । सोही कारण उनी फेसबुक सीईओ मार्क जुकरबर्गपछि कम्पनीमा दोश्रो वरिष्ठ अधिकारीको रुपमा कार्यरत थिइन् ।विश्वभर फेसबुकका प्रयोगकर्ताको संख्या अहिले करीब ३ अर्ब छ ।
स्याण्डबर्गको राजीनामा पश्चात् अब जेभिएर ओलिभनले मेटा कम्पनीको नयाँ सिओओको रुपमा जिम्मेवारी सम्हाल्नेछन् । कम्पनीका सीईओ मार्क जुकरबर्गले आफ्नो फेसबुक मार्फत् यस्तो खुलासा गरेका हुन् । अहिलेसम्म उनले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप तथा मेसेन्जर एपमा काम गरिरहेका थिए । साभारः अनलाइनखबर

Related posts

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

Leave a Comment