Madhes Khabar
अर्थतन्‍त्र

करको दायरा घटाउन मेयर सिंहसंग उद्योग वाणिज्य संघको माग

क्रान्ति शाह
वीरगन्ज,१५ जेठः
वीरगन्जका उद्योगथी व्यवसायीहरुले वीरगन्ज महानगरका नवनिर्वाचित मेयर राजेशमान सिंहलाइ भेटेर यस क्षेत्रका उद्योग व्यपारका समस्या र चुनौती बारे ध्यानाकषर्ण गराएका छन् ।
आइतबार मेयर सिंहको कार्यकक्षमै पुगेर वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरुले महानगरमा विद्यमान समस्या सामधान बारे सुझाव पनि दिएका छन् ।
त्यसअवसरमा संघका अध्यक्ष डाक्टर सुबोध कुमार गुप्ताले नवनिर्वाचित मेयर सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै अगामी दिनमा वीरगन्ज उद्योग वाणिज्य संघ र महानगरपालिकाले गर्न सक्ने सहकार्यका बारेमा सिंहको ध्यानाकर्षण पनि गराए ।
महानगरले संकलन गर्दै आएको कर परिमार्जन गर्न, वीरगन्जमा एउटा ट्रान्सपोर्ट नगरको निर्माण गर्न पनि गुप्ताले आग्रह गरे । उनले वीरगन्ज क्षेत्रमा सन्चालित उद्योगहरुका लागि आवश्यक ट्रेडफेयर मैदान निमार्णमा संघ र महानगर बिच सहकार्य गर्न सकिने तर्फ पनि मेयर सिंहलाइ जानकारी गराए ।
नवनिर्वाचित मेयर सिंहले यस अघि वीरगन्ज महानगर , महानगरवासी र उद्योगी व्यवसायी बीच रहेको मत भिन्नतालाई अब आफुले हटाउने प्रतिबद्धता जनाए । उनले महानगरले संकलन गर्दै आएका कर पारदर्शी बनाउने , करका दर पुनरावलोकन गर्ने र करको दर भन्दा पनि करको दयरा बढाउने तर्फ महानगर अघि बढने बताए ।
त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, कोषाध्यक्ष गोविन्द शाह, सचिवद्वय अरविन्द्र अमात्य, आशिष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिव सुशान्त चाचान लगायतको पनि सहभागीता रहेको थियो ।

Related posts

वीरगन्ज नाकाबाट धान र चामलकाे आयात घट्याे

MadhesKhabar

दीर्घकालीन व्यावसायिक योजना बनाउन उद्योगमन्त्री रिजालको निर्देशन

MadhesKhabar

वीरगन्ज सुक्खा बन्दरगाह विस्तार याेजना आठ वर्षदेखि अधुरै

MadhesKhabar

Leave a Comment