Madhes Khabar
राजनीति

मेयरमा हारे पनि सरावगी वीरगन्जका वडाहरुमा पुगेर मतदातालाइ धन्यवाद दिदै

वीरगन्ज, १४ वीरगन्ज :महानगरपालिकाको मेयरममा पराजित भएका निवर्तमान मेयर विजय कुमार सरावगीले महानगरका मतदाताहरुलाइ धन्यवाद ज्ञापन कार्यक्रमलाइ निरन्तरता दिएका छन् ।
बैशाख ३० गते भएको निर्वाचनमा नेकपा एमालेको उम्मेदवार बनेर मेयरमा पराजित भएका सरावगीले ३ दिन यता दिनहु विभिन्न वडाहरुमा पुगेर मतदाताहरुलाइ धन्यवाद ज्ञापन दिदै आएका छन् ।
यसैक्रममा शनिबार बिहान पनि वीरगन्ज १६ इनर्वामा पुगेर सरावगीले स्थानीय अगुवा र मतदाताहरुलाइ भेटेर निर्वाचनमा आफुलाइ साथ र सहयोग गरेकोमा धन्यवाद दिए । यसअघि शुक्रबार वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया र बिहीबार वडा नम्बर १ बजार छपकैयामा पनि पुगेर त्यहाका अगुवा र मतदाताहरुलाइ भेटेर सरावगीले धन्यवाद दिएका थिए ।
निर्वाचनमा हार जित हुनु स्ववभाविक प्रकृया रहेको भन्दै सरावगीले यसपाली पराजित भएपनि आफु वीरगन्जको विकास र समृद्धिका लागि निरन्तर लागि रहने बताए ।
महानगरवासीको सुखदुखमा आफनो सदैव साथ रहने पनि उनले बताए । निर्वाचनमा वीरगन्जका मतदाताले आफुलाइ दिएको साथ र सहयोगलाइ आफुले सदैव मनन् गरिरहने भन्दै उनले समय अनुकुल मिलाएर महानगरका ३२ वटै वडामा पुगेर मतदाताहरुलाइ धन्यवाद ज्ञापन गर्ने बताए ।

Related posts

जसपाले पनि मन्त्रीहरु फेर्दै , नयाँ मन्त्रीहरु तोक्ने अधिकार उपेन्द्रलाइ

MadhesKhabar

फेरि मधेस आन्दोलन हुन्छ , वीरगन्जवासी तयार भएर बस्नु होला : सिके राउत

MadhesKhabar

ठाकुरराम सहितका क्याम्पसमा एकै दिन स्ववियु निर्वाचन गराउन विद्यार्थी संगठनको माग

MadhesKhabar

Leave a Comment