Madhes Khabar
स्वास्थ्य

पोखरीयाको रक्तदान कार्यक्रममा ३४ जनाले गरे रगत दान

मधेसखबर
वीरगन्ज,१३जेठः
पर्साको पोखरीयामा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरीया उपशाखाले पोखरीया बजारमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ जना महिला सहित ३४ जनाले रगत दान गरेका छन् । रगतदान गर्नेहरुमा पोखरीया नगरपालिकाकी पुर्व उपमेयर सल्मा खातुन , जनार्धन गिरी ,शीवरन्जन पटेल , दिपिका सिंह , ऋषिमुनि कुमारी चौहान , अफरोज आलम , अमित चौहान , प्रकाश कलवार , प्रमोद ठाकुर , सिद्धन्त कुमार पटेल , सन्जय साह लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक धिरेन्द्र झाले जानकारी दिए ।
रेडक्रस सोसाइटी पोखरीया उपशाखाका सभापति भगवान दास कुर्मीको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा पोखरीया नगरपालिकाका नवनिर्वाचित मेयर प्रधुमन चौहान , पुर्व मेयर दिपनारायण रौनीयार , रेडक्रस सोसाइटी मधेस प्रदेशका अध्यक्ष फुल महम्मद मिया , पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेल लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्जको उदयपुरघुर्मीमा निःशुल्क शिविरबाट १ सय बढी महिला र बालबालिकालाई लाभान्वित 

MadhesKhabar

थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि

MadhesKhabar

धाेबीनी गाँउपालिकाकाे छैठाैं गाउँसभा : ३३ कराेड ७३ लाखकाे बजेट प्रस्तुत

MadhesKhabar

Leave a Comment