Madhes Khabar
Uncategorized

मधेसवादी दल मधेसमै कमजोर

मधेसखबर
वीरगन्ज,१२ जेठ
:मधेसवादी दलहरू स्थानीय निर्वाचनमा मधेसमै कमजोर देखिएका छन्। जसपा र लोसपा लगायत दलले अपेक्षाकृत रूपमा जित हासिल गर्न सकेनन्। अर्कातर्फ जसपा र लोसपाको विकल्प भन्दै राजनीतिमा लागेका डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि उस्तै अवस्थामा देखिएको छ ।
मधेस प्रदेशमा कांग्रेस र एमाले नै फेरि मजबुत देखिएका छन् । १ सय ३६ स्थानीय तह रहेको मधेस प्रदेशमा अहिलेसम्म ४६ प्रमुख जितेर कांग्रेस सबैभन्दा ठूलो शक्ति बनेको छ। ३० प्रमुख पाएर एमाले दोस्रो स्थानमा आएको छ। अघिल्लो निर्वाचनमा कांग्रेसले ४२ र एमालेले १८ पालिका मात्रै जितेका थिए ।
जसपाले गत निर्वाचनमा २६ पालिका जितेको थियो । उसले मधेस प्रदेशमा हालसम्म २५ पालिकामा जित निकालेको छ । सबैभन्दा कमजोर अवस्था लोसपा र माओवादी केन्द्रको देखिएको छ। माओवादीले गत निर्वाचनमा २१ पालिका जितेको थियो । यसपालि ९ ठाउँमा सीमित भएको छ। लोसपाले १४ पालिका जितेको छ। यसअघि उसले २५ वटा पालिका जितेको थियो ।
आन्दोलनबाट जन्मिएका शक्तिहरूलाई पारम्परिक शक्तिहरूले यसपटक उठ्न नदिएको विश्लेषक रोशन जनकपुरीको ठम्याई छ । ‘जुन आन्दोलन र जुन परिवर्तनको संकल्प लिएर नयाँ दलहरू राजनीतिमा अग्रस्थानमा पुगेका थिए। उनीहरूले ती एजेन्डा बिर्सिएको विश्लेषण जनताले ग¥यो। जसको फाइदा पारम्परिक शक्तिहरूलाई भएको हो’, जनकपुरी भन्छन्, ‘यसपटकको मतपरिणामले के पनि सन्देश दिएको छ भने यदि अहिले पनि आन्दोलनको बलमा जन्मेका दलहरूले आफ्नो मुद्दा बिर्सिए भने उनीहरूको अवस्था झनै खराब हुन सक्छ।’
सिकेराउतको जनमत पार्टीले राउतको गृहजिल्ला सप्तरीमा दुई पालिकामा मात्रै जित हात पारेको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा जितेको हो । विवेकशील साझा पार्र्टी १, एकीकृत समाजवादी ६, तमलोपा १ र स्वतन्त्रबाट उठेका २ जनाले प्रदेशमा जिते। प्रदेश राजधानी जनकपुरधाममा पाँचदलीय गठबन्धनबाट जसपाका मेयर प्रत्यासी लालकिशोर साह चौथो स्थानमा सीमित भएका छन्।
साह जनकपुरका निवर्तमान मेयर पनि हुन्। आफ्नो कार्यकालमा उनी विवादित भएका थिए। उनले नगर सरसफाइमा देखाएको हेलचक्र्याइँ, सञ्चारकर्मीमाथि गरेको कुटपिट र भ्रष्टाचारको मुद्दाहरूले लालकिशोरको छवि जनतामाझ नराम्रो बनाएको थियो। तर, जसपाले सोको मूल्यांकनै नगरी उनलाई नै उम्मेदवार बनाएपछि जनकपुर गुमाएको हो।
जनकपुरबाट मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित भएका छन्। मधेस महानगर वीरगन्जमा पाँचदलीय गठबन्धनका उम्मेदवार जसपाका राजेशमान सिंहले जितेका छन्। वीरगन्जमा जसपाको जितलाई ठूलो उपलब्धि मानिएको छ। यसअघि तत्कालीन संघीय समाजवादी फोरमका विजय सरावगीले मेयर पद जितेका थिए। साभार :अन्नपूर्णपोष्ट

Related posts

काँग्रेसले नपत्याएका गुप्ताले काँग्रेसकै उम्मेदवारलाइ दोब्बर मतले हराइदिए

MadhesKhabar

उम्मेद्वारी (मनोनयन) दर्ताका लागि चाहिने आवश्यक कागजातहरु

MadhesKhabar

मल वितरण प्रकृया सहज बनाउन सरकारसंग प्रदेशसभा सदस्य श्याम पटेलको माग

MadhesKhabar

Leave a Comment