Madhes Khabar
स्वास्थ्य

वीरगन्ज र कलैयाको रक्तदान कार्यक्रममा ९६ जनाद्धारा रगतदान

मधेसखबर
वीीरगन्ज,११जेठः
वीरगन्जमा बुधबार सामाजिक संस्था सानो पाइलाले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रक्तसन्चार केन्द्र वीरगन्जमा रगतको अभाव भएपछि सानो पाइलाले बुधबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।घण्टाघर चोकमा आयोजित रक्तदान कार्यक्रममा ४३ जनाले रगतदान गरेका छन् ।
सानो पाइलका रौनक राजको संयोकत्वमा आयोजित रक्तदान कार्यक्रममा रौनकराज सरार्फ, अनिषा अधिकारी, मिना श्रेष्ठ, नवीन कुमार कायस्थ, विनय जयसवाल, रमेश यादव, दिपक पन्डित, मिराज मिया लगायतले रगतदान गरेका हुन् ।
रक्तदान कार्यक्रममा रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक सहायक जितेन्द्र कुशवाहा नेतृत्वको टोलीले प्राविधिक सहजिकरण गरेको रक्तसन्चार केन्द्र पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।
बुधबार नै बाराको कलैयामा पनि सिटी जेसिसको आयोजनामा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ५३ जना रगत दान छन् । उक्त रक्तदान कार्यक्रममा रक्तसन्चार केन्द्र वीरगन्जका प्राबिधिक प्रमुख सौरभराज पान्डेको टोलीले प्राविधिक सहयोग गरेको श्रीवास्तवले जानकारी दिए ।
स्थानीय तहकाो निर्वाचनको माहौल तातिए यता रक्तदान कार्यक्रमहरु नहुदा रक्त सन्चार केन्द्र वीरगन्जमा रगतकाो जगेडा न्युन भएको छ । त्यसैले रक्त सन्चार केन्द्र र रेडक्रस सोसाइटी लगायतका संघसंस्थाहरुले रक्तदान कार्यक्रम गरि दिन सार्वजनिक अपिल नै गरेका छन् ।

Related posts

कलैयामापनि सञ्चालनमा आयो ब्लड बैंक, उपराष्ट्रपति यादवले गरे उद्घाटन

MadhesKhabar

एमडीलाई पक्राउ गर्नु अन्यायपूर्ण छ, तत्काल रिहा गरियोस् : नेशनल मेडिकल कलेज

MadhesKhabar

अवैध रुपमा चलेका १७ वटा निजी अस्पताल मधेस सरकारले बन्द गरायो

MadhesKhabar

Leave a Comment