Madhes Khabar
समाज

नवनिर्वाचित राजेशमानलाइ सांसद यादवद्धारा चाँदीको मुकुट लगाएर सम्मान

मधेसखबर
वीरगन्ज,१०जेठः
वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई ,जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एंव प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले चाँदीको ताज (मुकुट) पहिरयाएर बधाइ दिनुका साथै सम्मान गरेका छन् ।
मङगलबार बिहान महानगरको मतगणना सम्पन्न भइ मेयरमा निर्वाचित भएपछि सबै भन्दा पहिले सांसद यादवलाइ भेट्न उनको निवासमा पुगेका सिंहलाइ सांसद यादवले चाँदीको ताज पहिरयाएर बधाइ दिदै सम्मान गरेका हुन् ।
सत्तागठबनधनबाट जसपाका उम्मेदवार बनेका सिंहलाइ मेयरमा जिताउन अहम भूमीका निर्वाह गरेका सांसद यादवले सिंहलाइ सम्मान गरेको फोटो फेसबुकमा पजेमा राख्दै लेखेका छन् ,‘ हामी संगै लडेका थियौ , संगै जित्यौ पनि ,हामी संगै रहन्छौ संगै अगाडि बढ्छौ ,यो जीत हाम्रो होइन सम्पुर्ण वीरगन्जवासीको जित हो ।
सांसदको बधाइ र सम्मान थापेपछि मात्रै नवनिर्वाचत मेयर सिंह आफना समर्थकका साथ वीरगन्ज १४ पिपरा स्थित नृसिंह मावि परिसरको मतगणनास्थलमा पुगेका थिए । त्यहा उनले मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलेको हातबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका थिए । त्यसपछि सांसद यादव सहित आफना समर्थकका साथ सिंहले वीरगन्जमा विजय रयाली निकालेर नगर परिक्रममा गरेका छन् ।
सिंह, ४६ हजार २ सय १५ मतका साथ मेयरमा निर्वाचित भएका हुन् ।

Related posts

वीरगंज–१९ बिन्दबासिनीमा कांग्रेस उम्मेदवार चौरसियाको कार्यकर्ता भेला सम्पन्न

MadhesKhabar

उपकार सेवा नेपालद्वारा छपकैयाका बृद्धलाई ह्वील चेयर सहयोग

MadhesKhabar

वीरगन्जमा नेविसंघले आयोजना गरेको कार्यक्रममा ५१ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment