Madhes Khabar
समाज

बाराको पचारौताबाट ठूलो परिमाणमा गाजा बरामद

मधेसखबर्
वीरगन्ज,०८जेठः
बाराको पचरौता नगरपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाजा बरामद गरेको छ ।
सशस्त्र प्रहरीले पचरौता नगरपालिका वडा नम्बर ९ बलधुसुवाबाट ६० केजी गाजा बरामद गरेको हो । विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट पचरौताबाट खटिएको सशस्त्र प्रहरीको टोलीले चार वटा पोकामा रहेको गाजा बरामद गरेको हो ।
चार जना व्याक्तिले गाजाको पोका टाउकोमा बोकर भारत तर्फ जादै गरेको अअवस्थामा सशस्त्र प्रहरीको गस्ती टोली पुग्दा गाजा फयाकेर ती व्याक्तिहरु फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाजा इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Related posts

पर्साका ४०० दलित बालबालिकालाई अमेरिकामा बस्ने नेपाली दम्पतीले दिए विद्यालय पाेशाक

MadhesKhabar

श्रीमानले खुट्टा काटिदिएको पीडित महिलासंग अस्पताल मै पुगेर रास्वपा सांसद कानुले गरे भेट, उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता

MadhesKhabar

लागुऔषध सहित सर्लाही र धादिङका चार युवक वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment