Madhes Khabar
मधेस प्रदेश

वीरगन्जमा काँग्रेसको पनि खाता खुल्यो , २ को वडाअध्यक्षमा रियाज निर्वाचित

मधेसखबर
वीरगन्ज, ०३ जेठ :
वीरगन्ज महानगरपालिकामा नेपाली काँग्रेसले पनि खाता खोलेको छ ।
यसअघि अन्तिम नतिजा आइसकेका ४ वटा वडा मध्य ३ वटामा जसपाले र एउटामा एमालेले जित हासिल गरेकोमा वडा नम्बर २ मा भने काँग्रेसले जित हात पार्दै महानगरमा खाता खोलेको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा काँग्रेसका मोहम्मद रियाज मिया तेली विजयी भएका हुन् ।
तेली ११२१ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका शेख जलसुद्धिनले ८६७ मत प्राप्त गरे । तेलीले निकटतम प्रतिस्पर्धी जलसुद्धिनलाइ २५४ मत अन्तरले पराजित गरेका हुन् । तेश्रो स्थानमा रहेका नेकपा एमालेका मतलुन ठकुराइ मियाले भने ७०७ मत मात्रै पाएका छन् ।

Related posts

सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जनाको गिरोह पक्राउ

MadhesKhabar

कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएपछि मधेसका मुख्यमन्त्री सिंह संकटमा

MadhesKhabar

लालबाबुको पालामा सन्चालित मुख्यमन्त्री स्वच्छता अभियान अलपत्र

MadhesKhabar

Leave a Comment