Madhes Khabar
समाचार

वीरगन्जमा एमालेको शक्ति प्र्दर्शन , सरावगी भन्छन्– मेरो विकल्प छैन

मधेसखबर
वीरगन्ज,२७ बैशाख
: बैशाख ३० गते हुने पालिका निर्वाचनलाइ लक्षित गरि वीरगन्ज महानगरमा मङगलबार नेकपा एमालेले शक्ति प्रदर्शन गरेको छ ।
महानगरको उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संग चुनावी तालमेल गरेको एमालेले मङगलबार बृहत रयाली सहतको रोड शो र चुनावीसभा गरेर शक्ति प्रदर्शन गरेको हो ।
आदर्शनगर स्थित पुरानो बसपार्कबाट शुरु भएको एमालेको चुनावी रोड शो नगर परिक्रमा पछि नगरपालिका चोकमा पुगेर चुनावी सभामा परिणत भएको थियो ।
चुनावीसभालाइ सम्बोधन गर्दै महानगरमा एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगीले वीरगन्जमा आजको दिनमा आफनो विकल्प नभएको बताए ।
उनले भने ,‘ वीरगन्जमा आजको दिनमा मेरो विकल्प कोहि छैन किन कि विगतको कार्यकालमा मैले गरेको कामले नगरवासी सन्तुष्ट छन् , खुशी छन् ।


संघ र प्रदेश सरकारको विभेदका बाबजुद पनि महानगरमा उपलब्ध सिमित श्रोत साधनको भरपुर सदुपयोग गरेर आफुले वीरगन्जको विकास र समृद्धिका लागि काम गरेको दाबी उनले गरे ।
सरावगीले भने ,‘ वीरगन्जलाइ न त संघ सरकारले हेरयो न त प्रदेश सरकारले नै , महानगरको जे जति साधन श्रोत थियो त्यसैबाट मैले सकेको जति काम गरे जसको मुल्यांकन अहिले जनताले गरिरहेका छन् ।
विकास भनेको केवल सडक र नाला निर्माण मात्र नभइ शिक्षा , स्वास्थ्य र समाज शक्तिकरण पनि विकासका सुचक भित्र पर्ने भन्दै सरावगीले भने ,‘ दुइ दुइ पटकको कोभिड महामारीमा वीरगन्जवासीको ज्यान जोगाउन वीरगन्ज महानगरपालिकाले देशभरमै उत्कृष्ट काम गरेको थिथयो , जसको देशविदेशमा प्रंशसा भयो ।
तर कोभिडको इपिसेन्टर नै बनेको वीरगन्जवासीको ज्यान जोगाउन प्रदेश र संघ सरकारले कुनै सहयोग नगरेपछि महानगरले भौतिक पुर्वाधार निर्माणको काम रोेकेर महामारी व्यवस्थापनमा १२ करोड रुपैया खर्च गरेको उनले बताए ।

राज्यले अहिले सम्म वीरगन्जलाइ केवल कर उठाउने थलो मात्रै बनाएको तर यहाको विकास र समृद्धिमा कुनै ठोस योगदान नदिएको गुनासो उनले गरे ।
सरावगीले भने ,‘ वीरगन्जमा अहिले जुन पनि सार्वजनिक भौतिक संरचना छन् ती सबै यहाका नागरिकले बनाएका हुन् , सरकारले बनाएको केहि छैन ।


एमाले अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी ओलीले वीरगन्जको समृद्धि र विकासका लाागि वचन दिएको सुनाउदै सरावगीले भने ,‘ त्यसैले अब वीरगन्ज महानगरमा मात्र होइन प्रदेश र संघमा पनि एमालेकै सरकार बन्छ , एमालेको सरकारले वीरगन्जको मुहार फेर्छ ।


च्ुनावी सभालाइ एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल , केन्द्रिय सदस्यद्वय प्रभु हजरा , राज कुमार गुप्ता , लोसपा नेता एंव सांसद विमल श्रीवास्तव , प्रदेशसभासदस्य रमेश कुर्मी , लोसपाका उपमेयर उम्मेदवार पुरुषोत्तमलाल झा लगायत पनि सम्बोधन गरेका थिए ।

Related posts

बाराको खानेपानी कार्यालयका तत्कालीन प्रमुख यादव र पत्रकारसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

MadhesKhabar

महिलाहरूलाई उद्यमी बनाउने सानो पाइलाको प्रयास सराहनीय छ : कानुनमन्त्री चौरसिया

MadhesKhabar

खानेपानीका ठुला योजनाहरु समयमै टुंग्याइने मन्त्री यादवको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment