Madhes Khabar
राष्ट्रिय

१७० वडामा दलित महिला सदस्य पद खाली , ३३५ निर्विरोध निर्वाचित

मधेस खबर
वीरगन्ज, १९ बैशाख :
देशभरका विभिन्न पालिकाका १ सय ७० वटा वडामा दलित महिला सदस्य पद खाली हुने भएको छ ।
बैशाख ११ र १२ गते दुइ दिन भएको मनोनयनमा विभिन्न पालिकाका १ सय ७० वटा वडामा दलित महिला सदस्यमा कसैको पनि उम्मेदवारी नपरेकाले ती सबै वडका दलित महिला सदस्य पद खाली हुने भएको हो ।
सोमबार काठमाण्डौमा नियमित पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगले ती ठाँउमा एकजना पनि उम्मेदवार नभएकाले पद खाली हुने अवस्था भएको जनाएको हो ।
केही हिमाली जिल्ला , काठमाडौं उपत्यकाका केही वडा लगायतका ठाँउमा दलित महिला सदस्य पदमा उम्मेदवारको मनोनयन नपरेको हो । ्
पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३ सय ५३ वडामा भने दलित महिला सदस्यपदमा एकल मनोनयन परेको जानकारी पनि दिए । एकल मनोनयन परेकाहरु निर्विरोध निर्वाचित हुने निश्चित भए पनि आयोगले त्यसको घोषणा गर्न बाँकी रहेको अर्यालले बताए ।

Related posts

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

MadhesKhabar

वीरगन्जको सिर्सिया नदि प्रदुषणमुक्त बनाउनका लागि सरकारलाई दबाब दिन काठमाडौंमा धर्ना

MadhesKhabar

पशुपतिनाथ मन्दिरमा सुनकाे जलहरी राख्दा भ्रष्टाचार भएकाे अख्तियारकाे ठहर

MadhesKhabar

Leave a Comment