
मधेस खबर
वीरगन्ज, १९ बैशाख : देशभरका विभिन्न पालिकाका १ सय ७० वटा वडामा दलित महिला सदस्य पद खाली हुने भएको छ ।
बैशाख ११ र १२ गते दुइ दिन भएको मनोनयनमा विभिन्न पालिकाका १ सय ७० वटा वडामा दलित महिला सदस्यमा कसैको पनि उम्मेदवारी नपरेकाले ती सबै वडका दलित महिला सदस्य पद खाली हुने भएको हो ।
सोमबार काठमाण्डौमा नियमित पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगले ती ठाँउमा एकजना पनि उम्मेदवार नभएकाले पद खाली हुने अवस्था भएको जनाएको हो ।
केही हिमाली जिल्ला , काठमाडौं उपत्यकाका केही वडा लगायतका ठाँउमा दलित महिला सदस्य पदमा उम्मेदवारको मनोनयन नपरेको हो । ्
पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३ सय ५३ वडामा भने दलित महिला सदस्यपदमा एकल मनोनयन परेको जानकारी पनि दिए । एकल मनोनयन परेकाहरु निर्विरोध निर्वाचित हुने निश्चित भए पनि आयोगले त्यसको घोषणा गर्न बाँकी रहेको अर्यालले बताए ।

