Madhes Khabar
अर्थतन्‍त्र

नेपालमा साढे २८ अर्बको चार हजार केजीभन्दा बढी सुन भित्रियो


काठमाडौं,,९ वैशाख । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा नेपालमा साढे २८ अर्ब रुपैयाँभन्दा बढीको सुन भित्रिएको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको सुन नेपाल भित्रिएको हो।उक्त अवधिमा २८ अर्ब ५४ करोड ९० लाख ४ हजार रुपैयाँमा ४ हजार ९४ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ। विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो एक वर्षमा नेपालले आयात गरेकोभन्दा बढी सुन चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भित्रिसकेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा नेपालले २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको सुन आयात गरेको थियो । उक्त मूल्यमा सो वर्ष ३ हजार ९२४ केजी सुन नेपाल भित्रिएको थियो।

नेपाल भित्रिने सम्पूर्ण सुन युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट आउने गरेको पाइएको छ।
विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मात्र युएईबाट २२ अर्ब ६ करोड २१ लाख ६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ। सोही अवधिमा टर्कीबाट ५ अर्ब २८ करोड १८ लाख ४६ हजार रुपैयाँको सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।

Related posts

वीरगन्ज महानगरकाे पुँजीगत खर्चमा सुधार

MadhesKhabar

सिमरा सेजमा २५ उद्योगलाई अनुमति

MadhesKhabar

अघाेषित लाेडसेडिङले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरु अस्तव्यस्त

MadhesKhabar

Leave a Comment