Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पताल मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको छैन : सांसद कानु

वीरगन्ज,१४ जेठः पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य (सांसद) सुशील कुमार कानुले वीरगन्जको नारायणी अस्पताललाई संघ सरकारबाट मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद कानुले संघ सरकारका तर्फबाट नारायणी अस्पताललाई मधेस प्रदेश सरकारअन्तर्गत ल्याउने कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । यस बारेमा स्वास्थ्यमन्त्री निशा मेहतासँग छलफल भएको जानकारी दिँदै कानुले नारायणी अस्पताललाई मधेस प्रदेश सरकारअन्तर्गत ल्याउने कुनै निर्णय नभएको बताएका छन्।

उनले नारायणी अस्पतालको सञ्चालन तथा व्यवस्थापन संघीय सरकारले नै गर्दै जाने बताए। पछिल्लो समय नारायणी अस्पताललाई संघ सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएकोृ भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेका बेला सांसद कानुले भने संघ सरकारबाट नारायणी अस्पतालको हकमा त्यस्तो कुनै आधिकारिक निर्णय नभएको प्रष्ट पारेका छन्।

Related posts

वीरगन्जका सरकारी विद्यालयमा मानव अधिकार समाजकाे अनुगमन : के-कस्ताे भेटियाे त्रुटि र अनियमितता ?

MadhesKhabar

जीतपुरसिमरा उपमहानगरका पुर्व मेयर पाैडेल मृत फेला

MadhesKhabar

गढीमाई दर्शन गर्न जाने भक्तजनहरुका लागि निःशुल्क बस सेवा सञ्चालन

MadhesKhabar

Leave a Comment