Madhes Khabar
राजनीति

वीरगन्ज–ठोरी हुलाकी सडकको अधुरो काम तत्काल पुरा गर्न पर्सा–४ का सांसद शाक्यको माग

काठमाडौं, १३ जेठः पर्सा क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्यले वीरगन्ज–ठोरी हुलाकी सडकको अधुरो खण्ड तत्काल निर्माण गर्न सरकारसंग माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शाक्यले वीरगन्ज–ठोरी हुलाकी सडक अन्तर्गतको ठोरी गाउँपालिका वडा नम्बर १ र २ मा सडक अधुरो रहेको जानकारी गराउँदै उक्त खण्ड निर्माण गरी तत्काल सञ्चालनमा ल्याउन माग गरेका हुन् ।

ठोरी गाउँपालिकाको वडा नम्बर १ र २ को झन्डै ५ किलोमिटर दुरीको सडकमा चितवन राष्ट्रिय निकुञ्जले अवरोध गर्दा कालोपत्र हुन नसकेको भन्दै उनले ढेडुखोलामा पनि पुल बन्न नसकेको बताए। वडा नम्बर १ र २ मा हुलाकी सडकको बेस निर्माण गरी ग्राभेलको काम भए पनि कालोपत्र भने हुन बाँकी रहेको उनले बताए ।

वर्षौंदेखि ढेडु खोलामा पुल नबन्दा वर्षायामको समयमा विद्यार्थीहरु स्कुल जान बञ्चित हुँदै आएका छन् भने बिरामी र सुत्केरीलाई अस्पतालसम्म पु¥याउन नसक्ने अवस्था रहेको उनको भनाइ थियो । बिरामीहरूलाई उपचार गराउनका लागि भारतीय भूमि प्रयोग गरेर जिल्ला सदरमुकाम वीरगन्ज लैजानुपर्छ भन्ने कुरा सुन्दा पनि अच्चम्म मान्ने पर्ने अवस्था रहेको भन्दै उनले सभामुुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘पर्सा जिल्लाले वर्षेनि करिब २ खर्ब ५० अर्बको राजस्व ढुकुटी राज्यलाई दिन्छ, र प्रसस्त अन्न भण्डार पनि छ । तथापि पर्सा जिल्ला लेखाइमा सुगम तर गराइ र भोगाइमा अति विकट बनेको छ । सिँचाइ अभाव, जल संकट, शिक्षा, स्वास्थ, गरिबी, बेरोजगारी, समाजिक विभेद, दाइजो प्रथा, छुवाछुत गम्भीर मोडमा छ ।’

वीरगञ्ज पावर हाउस चोकदेखि ड्राइपोर्ट हुँदै पोखरीया, लंगडी र हरिहरपुरसम्म चार लेन सडक विस्तार गर्न समेत उनले माग गरे । उक्त सडकखण्ड भएर दैनिक ३ लाख मानिस आउजाउ गर्ने भन्दै उनले यो सडक सिंगो पर्साको भविष्यको सेतु भएको बताए ।

सांसद शाक्यले कृषकलाई रासायनिक मल अब लाइनमा होइन सबैको पहुँच बराबरी हुनेगरी अनलाइनबाट उपलब्ध गराउन व्यवस्था मिलाउन समेत उनले सरकारसँग माग गरे ।सांसद शाक्यले ३६ वर्षसम्म मधेसले नेताहरुलाई बोकेको भन्दै अब यो सरकारले मधेस बोकोस् भन्ने माग समेत गरे ।साभारःअनलाइनखबर

Related posts

अबको युग दलित, मुश्लिम र आदिवासीको हुनेछ : पूर्ब मुख्यमन्त्री राउत

MadhesKhabar

प्रचण्ड सरकारलाई समर्थन दिने जसपाकाे निर्णय

MadhesKhabar

उपेन्द्र यादवको पार्टीमाथि नयाँ दल जसपा हरेक ठाँउमा हाबी रहन्छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment