Madhes Khabar
राजनीति

बाराको जिल्ला समिति भंग गरेर नयाँ नेतृत्व चयन गर्न रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौं, ६ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराको तदर्थ समिति भंग गरेर नयाँ समिति बनाउन जिम्मेवारी तोकेको छ ।

बाराको पार्टी संगठन भंग गरेर नयाँ समिति बनाउन केन्द्रबाट नेता खटाइएको छ । सम्पर्क विभागका समन्वय प्रमुख प्रदीप तिमल्सेना (साजन) लाई बाराको नयाँ समिति बनाउन जिम्मेवारी दिइएको छ ।

संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठले उक्त संगठनका सदस्य समेत रहेका तिमल्सेनालाई बाराको वडा देखि जिल्ला तहसम्मको अधिवेशन गराउन जिम्मेवारी दिएका हुन् । जेठ ९ गते जिल्लाको विस्तारित बैठक डाकेर नयाँ समिति बनाउन प्रक्रिया सुरु हुने तिमल्सेनाले जानकारी गराए ।

बाराको पार्टी संगठनमा विवाद भएपछि पार्टीले जिल्ला तदर्थ समिति भंग गरेको थियो । बारा जिल्ला संगठन निर्माण विशेष समितिको संयोजक कामिनी चौधरीले सदस्यता वितरण बाहेक सबै कार्य रोक्न निर्देशन दिएकी थिइन् । बारामा देखिएको संगठनको समस्यामा छलफल गर्न विस्तारित बैठक बोलाइएको छ ।

 

Related posts

काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : म गेट बनाउदिन, सडक, पुल र स्कुल बनाउछु

MadhesKhabar

मधेस सरकारले पहिलो पटक मनायो संविधान दिवस

MadhesKhabar

वीरगन्जमा आयोजित कार्यक्रममा २ सय भन्दा बढी युवाहरु जनमत पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment