Madhes Khabar
राजनीति

केपी ओली पक्राउको विरोधमा एमालेद्वारा थप आन्दोलनकाे घोषणा

काठमाडौं,१७चैत:नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ ।

मंगलबार पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत दमन गरेको भन्दै आन्दोलनको थप कार्यक्रम घाेषणा गरेको महासचिव शंकर पोखरेलले बताए ।

ओली पक्राउको विरोधमा एमालेले तय गरेको कार्यक्रम :

१- चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने।

२- चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।

३- वैशाख ३ गते वडा तहमा भेला गर्ने।

४- वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।

५- वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।

६- सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ-आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।

७- सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइयो।

८- संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।

९- आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।

Related posts

काँग्रेसका ३२ समानुपातिक सांसदमा रुंगटा र मन्सुर परेनन्

MadhesKhabar

युवा नेता चौरसिया सहित २०० बढी युवा रास्वपामा प्रवेश,उम्मेदवार पन्तले गरे स्वागत

MadhesKhabar

जनमतलाई स्वीकारेर जनताकै बीचमा रहन्छौं : केपी ओली

MadhesKhabar

Leave a Comment