Madhes Khabar
राजनीति

कांग्रेस नेता रिजालको प्रशंसा गर्दै एमालेका पाण्डेय भन्छन् : पर्साका अन्य नेताले पनि रमेश दाईको अनुसरण गरुन्

वीरगन्ज,३० फागुनःपर्सा–३ बाट नेकपा एमालेका उम्मेदवार बनेर पराजित भएका रुपेश कुमार पाण्डेयले अब चुनाव नलड्ने पूर्वमन्त्री तथा काांग्रेस नेता रमेश रिजालको घोषणाको प्रशंसा गरेका छन् ।

शनिबारमात्रै पर्सा–४ का पूर्वसांसद तथा पूर्वमन्त्री रमेश रिजालले कांग्रेसको क्षेत्रीय कार्यकर्ता भेलामा अब आँफु चुनाव नलड्ने घोषणा गरेका थिए । पूर्वमन्त्री रिजालको अब चुनाव नलड्ने उक्त घोषणाको एमाले नेता पाण्डेयले सामाजिक सञ्जालमार्फत प्रशंसा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा शनिबार अपरान्ह पोष्ट गर्दै एमालेका पाण्डेयले लेखेका छन् : राजनीतिक विचार र सिद्धान्तका रुपमा म फरक भएपनि आदरणीय रमेश रिजाल दाईलाई यो नैतिकता र त्यागका लागि सलाम छ ।

पर्सा जिल्लाको विकास र समृद्धिका लागि रिजालले सकेको जति गरेको र अबको यो समय युवा पुस्ताको हो भन्ने जनमतलाई कदर गर्दै अब चुनाव नलड्ने रिजालको घोषणाप्रति आफ्नो सम्मान रहेकोे पाण्डेयको भनाई छ ।

उनले लेखेका छन् –आदरणीय अभिभावक रमेशदाईले समयको मागसंगै युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्नु परिपक्व राजनीतिज्ञको उदाहरणलाई पर्सा जिल्लाका अन्य आदरणीय नेता ज्युहरुले पनि अनुशरण गर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु ।

Related posts

पर्सा-१ मा कस्ले जित्ला ? तथ्यांकले भन्छ प्रदीप नै अगाडि

MadhesKhabar

मधेस विरोधी एमाले र जसपालाई बहिष्कार गर्न श्रेष्ठको आह्वान

MadhesKhabar

नागरिकता विधेयक प्रमाणीकरण नगरेकोले राष्ट्रपति विरुद्ध सर्वोच्चमा रिट

MadhesKhabar

Leave a Comment