वीरगन्ज,२४ माघःबारा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने फेटा गाँउपालिकामा जसपा नेपालका उम्मेदवार सन्जु साहको चुनावी सम्पर्क कार्यालय स्थापना गरिएको छ । शनिबार फेटा गाँउपालिका वडा नम्बर ३ फेटा बजारमा स्थापना गरिएको सम्पर्क कार्यालयको मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका हुन् ।
त्यसअवसरमा बोल्दै जसपा नेपालका नेतासमेत रहेका सोनलले अहिलेसम्म प्राप्त मधेसीका अधिकारको रक्षा र बाँकी रहेका मधेसका मुद्धाको सम्बोधनका लागि जसपा नेपालको जित अपरिहार्य रहेको बताए । जसपा नेपालले नै यो देदशमा मधेसीलाई पहिचानसंगै सम्मान दिलाएको जिकिर गर्दै सोनलले भने,‘मधेस आन्दोलनपूर्व यो देशमा मधेसीमाथि काठमाडौंका शासकले सधैं हेला र विभेदमात्रै गर्थे । त्यो हेला र विभेदका विरद्ध लड्ने पहिलो पार्टी उपेन्द्र यादव नेतृत्वकै पार्टी थियो । आज धेरथोर जेजजति मधेसीले पहिचान र सम्मान पाएका छन् त्यसको एकमात्र योगदान उपेन्द्र यादवको पार्टीकै हो ।’
पूर्वमुख्यमन्त्री सोनलले सम्बोधन हुन बाँकी मधेसको मुद्धा उठान गर्न, संविधान संशोधनमार्फत सम्बोधन गराउन , संघीयतालाई थप मजबुत बनाउनका लागि मधेस र मधेसीको पहरेदार पार्टी जसपा नेपाललाई मधेसी जनताले जिताउनुपर्नेमा जोड दिए ।
फेटा–३ का पूर्व वडाध्यक्ष उपेन्द्र साहको अध्यक्षता तथा पूर्वमुख्यमन्त्री सोनलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बारा–४ का जेसपा नेपालका उम्मेदवार सन्जु साह, क्षेत्रीय सीताराम गुप्ता, नेताहरु मदन साह , झगरु साह, मनोज साह कलवार, अनिल साह लगायतकाकोपनि उपस्थिती थियो।

