Madhes Khabar
राजनीति

संविधान पुनर्लेखन नभएसम्म जसपा नेपाल संघर्षमै रहन्छ : उपेन्द्र यादव

फाइल फाेटाे

काठमाडौं,१४पुस : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार निर्वाचन गराउन असक्षम रहेको बताएका छन्। सोमबार जनकपुरमा आयोजित जनप्रदर्शन तथा विरोध सभामा अध्यक्ष यादवले जसपा नेपाल हरेक किसिमले निर्वाचनमा जान तयार रहेको तर हालको सरकार निर्वाचन गराउन असक्षम रहेको बताएका हुन्।

 

मधेस आठ जिल्ला मात्र नभई २२ जिल्लासम्म फैलिएको भूगोल भएको उल्लेख गर्दै उनले तत्काल संविधान संशोधन गरी प्रदेशहरूको पुनर्संरचना गर्नुपर्नेमा जोड दिए। संविधान पुनर्लेखन नभएसम्म जसपा नेपाल संघर्षमै रहने उनको भनाइ छ।

त्यस्तै उनले चरम निराशा भएपछि युवाहरू विद्रोहमा उत्रिएको भन्दै जेनजी आन्दोलनपछि बनेको सरकारले पनि अहिले युवाहरूलाई झुक्काउने प्रयास गरेको बताए।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

वीरगन्ज आएर उपेन्द्र यादवले दिए चेतावनी : संविधान पुनर्लेखन गरिएन भने च्यातेर फाल्छौ

MadhesKhabar

लाेसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी बिच कार्यगत एकता गर्ने सहमति

MadhesKhabar

अमेरिकी रिपोर्ट सार्वजनिक : रवि–बालेन एकता ‘स्वार्थ प्रेरित’, भविष्यमा दरार आउन सक्ने

MadhesKhabar

Leave a Comment