Madhes Khabar
राजनीति

मधेसमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु नवनियुक्त मुख्यमन्त्री यादवले गरे बदर

जनकपुरधाम,२१मंसिरःनवगठित मधेस प्रदेश सरकारले यसअघिका संविधानको धारा १०३ बमोजिम गठित नेकपा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ ।

आइतबार बसेको मधेस सरकारको मन्त्रिपरिषद् बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन क्याबिनेटबाट भएको सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको हो ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा गत कात्तिक २३ गते राति मुख्यमन्त्री नियुक्त भएका सरोज कुमार यादवले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेका थिए ।

गत १५ गते मंसिरमा सर्वोच्च अदालतको परमादेश पश्चात पनि उनले विभिन्न नियुक्ति तथा कर्मचारी सरुवाका निर्णयहरू गरेका थिए ।साभारःअनलाइनखबर

 

 

 

Related posts

मुख्यमन्त्री नियुक्तिको विरोधमा ७४ सांसदको हस्ताक्षरसहित अदालतमा रिट दिने ७ दलको निर्णय

MadhesKhabar

मतदातासंग साेनलले भने : कामकाे मुल्यांकन गरेर भाेट दिनु हाेला

MadhesKhabar

उपेन्द्र यादवलाई जिताउन चौरसियाको नेतृत्वमा कांग्रेसी नेताहरु पनि होमिए चुनावी मैदानमा

MadhesKhabar

Leave a Comment