Madhes Khabar
स्थानिय

बारा:१८ घण्टामै समातिए पानी उद्योगका म्यानेजर सिंहको हत्यामा संलग्न अभियुक्त

बारा,१३मंसिर:बाराको प्रसौनी गाउँपालिका–६ स्थित किरण वेभरेज प्रालि पानी उद्योगमा कार्यरत प्रबन्धक (म्यानेजर)रामकिशोर सिंहको हत्यामा संलग्न दुईजना अभियुक्त १८ घण्टामै पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष टोलीले ती दुई जनालाई फरार अवस्थामा खोजी गरी नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेकालाई प्रारम्भिक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामै राखिएको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको पहिचान भने अनुसन्धान जारी रहेकाले प्रहरीले खुलाएको छैन। ‘आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ’, जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक खेम प्रसाद नेपालले बताए।

सर्लाहीको धनकौल गाउँपालिका–२ का ४२ वर्षीय रामकिशोर सिंहलाई बिहीबार राति पानी उद्योगदेखि करिब ५० मिटर उत्तरतर्फ धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको थियो। रातिको समयमा आक्रमणमा परेका सिंहको शव शुक्रबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

घटनाको खबर पाएलगत्तै प्रहरी टोलीले मुचुल्का उठाई हत्या भएको ठाउँ वरिपरि खोजतलास तीव्र पारेको थियो।त्यस क्रममा प्राप्त सूचनाको आधारमा प्रहरीलाई अभियुक्तसम्म पुग्न मद्दत भएको र छोटो समयमा पक्राउ गर्न सफल भएका बारा प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण तथा अन्य संलग्नताबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको छ।इन्दीप काेइराला/नयाँपत्रिका

Related posts

पर्साको पाण्डेपुरमा आगलागी हुदाँ घर जलेर नष्ट

MadhesKhabar

वीरगन्ज १० मा वडाअध्यक्षकाे पहलमा बाेरिङ जडान भएपछि स्थानीयवासी हर्षित

MadhesKhabar

सखी महिलाको साथी संस्थाको पाँचौ वार्षिकाेत्सव कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment