Madhes Khabar
स्थानिय

सखी महिलाको साथी संस्थाको पाँचौ वार्षिकाेत्सव कार्यक्रम सम्पन्न

मधेसखबर
बारा,९जेष्ठ:सखी महिलाको साथी नामक संस्थाले बुधबार आफ्नौ ५ औँ वार्षिकाेत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै संस्थाकी अध्यक्ष मधु कुश्वाहाले स्थापनाकालदेखी नै संस्थाले खासगरी दलित सिमान्तकृत समुदाय तथा आर्थिक रुपले विपन्न समुदायका बालिका , किशोरी तथा महिलाहरुको विकासका लागिaसकारात्मक कार्य तथा विभिन्न पक्षमा पहल गर्दै आएको तथा निरन्तर आफ्नो उद्देश्यमा लागेर अगाडी बढेको बताईन् ।

उनले संस्थालाई अहिलेसम्म साथ तथा सहयोग गर्दै सहकार्य गरेकोमा सबै पक्षलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ सहयोग तथा सहकार्यका आग्रह समेत गरीन् ।

त्यस्तै संस्थाकी कार्यकारी निर्देशक प्रियन्का कुश्वाहाले स्थापनाकालदेखी आवाज विहीनका आवाज बन्ने उद्देश्य राखी मात्र २ जनाबाट सुरु गरीएको यात्रामा यो पाँच वर्षको अवधीमा ३० भन्दा बढी जोडीएको तथा आगामी दिनमा पनि अझ महिलाहरु जोड्दै महिलाको हक हित विकासका लागि यसरी नै खटिरहने प्रतीबद्धता व्यतm गरीन् ।

उनले उतm समुदायका खासगरी बालिका तथा किशोरीहरुका लागि विभिन्न योजनामा कार्य गरीएको तथा निरन्तरता दिएको पनि जानकारी दिईन् ।

उनले संस्थाले विना स्वार्थ दलित समुदाय , सिमान्तकृत परिवार तथा शैक्षिक तथा आर्थिक रुपले पिछडीएका परिवारका बालिका , किशोरीहरुलाई विभिन्न व्यतिmत्व विकास , सचतेना मुलक कार्यमा सहभागि गराउँदै कतिपयलाई आफ्नै संस्थामा आर्थिक आम्दानी हुने गरी उनीहरुकै समुदायका लागि एउटा सामाजिक अगुवाको रुपमा अगाडी बढाएको पनि बताईन् ।

संस्थाका अध्यक्ष मधु कुश्वाहाको अध्यक्षता तथा संस्थाकी कार्यकारी निर्देशकमा प्रियंका कुश्वाहाको प्रमुख आथित्यतामा आयोजित वार्षिकउत्सव कार्यक्रममा संस्थाका सम्पुर्ण पदाधिकारी , कर्मचारी , शुभचिन्तक र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Related posts

पर्साको जिल्ला प्रशासन कार्यालयमा सिडिओ अर्यालको पहलमा पहिलो पटक इजलाश कक्ष स्थापना

MadhesKhabar

अविरल वर्षाले क्षतिग्रस्त सडक मर्मत गर्दै वीरगन्ज महानगर

MadhesKhabar

पोखरिया नगरपालिकामा उपमेयरको छड्केअनुगमन, १५ कर्मचारी कारबाहीमा

MadhesKhabar

Leave a Comment