Madhes Khabar
राजनीति

२०८४ को निर्वाचनमा १९० सिट जित्ने रास्वपाको दाबी

काठमाडौं,३१साउनःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले २०८४ सालको निर्वाचनमा रास्वपाले १९० सिट जित्ने दाबी गरेका छन्। शनिबार काठमाडौँको जडीबुटीमा मेलुङ–सैलुङ सम्पर्क विभागले आयोजना गरेको वृहत् भेलामा बोल्दै सांसद खनालले रास्वपाका हालका १९ जना सांसदले नै संसदमा प्रश्न खडा गरिरहेको भन्दै १९० जना सांसद पुगेपछि कांग्रेस र एमालेले झनै दबाब महसुस गर्ने बताएका हुन्।

उनले कांग्रेस र एमालेका सांसदहरूले संसदमा रास्वपामाथि मात्र आक्रमण गर्ने गरेको आरोप लगाए । रास्वपा प्रमुख प्रतिपक्ष दल नभए पनि प्रमुख प्रतिपक्ष दललाई झैँ आक्रमण भइरहेको उनले बताए ।

सांसद खनालले भने– ‘किन कांग्रेस र एमाले संसद्मा हामीलाई मात्रै गाली गर्दछन्, प्रधानमन्त्री,मन्त्री, सांसदहरू अहिले संसदमा हेर्नुभयो भने आज राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै गाली खान्छ, यस्तो देखिँदैछ । आज राष्ट्रिय स्वतन्त्र पार्टी आज देशको प्रमुख प्रतिपक्ष दल नै हो जस्तो भान हुन्छ । तर सङ्ख्याको हिसाबले त होइन । सङ्ख्याको हिसाबले हामी जम्मा २१ जना सांसद हो । त्यसमाथि रविजीलाई निलम्बित गरिदिएका छन् । एक जना उपसभामुख हुनुहुन्छ, बाँकी रहेको १९ जना । १९ जनामाथि यति गाली बर्सिन्छ । आज मानिलिऔँ सबै देशको बेथितिको कारण राष्ट्रिय स्वतन्त्र पार्टी नै हो जस्तो गरेर कांग्रेस, एमालेका नेताहरू आजकाल हरेक दिन हामीलाई गाली वर्षाउनुहुन्छ । हाम्रो १९ जना देखेर मानिस डराएका होइनन्, १९ जनाले पनि तर्साइ त राखेका छौँ तर उहाँहरूको मना के ढ्याङ्ग्रो पिट्न थाल्यो भने १९ को सट्टा १९० आउने भए यिनीहरू । १९ को सट्टा अब ०८४ मा १९० हुने भए । १९ ले त यस्तो धौधौ पार्दछन्, १९ ले त यस्ता अप्ठ्यारा प्रश्न सोध्छन्, १९० जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रतिनिधिसभामा हुँदा के हुन्थ्यो होला ?’

सांसद खनालले विदेश जाने विषयलाई अपराधजस्तो बनाएर सामान्य कामदारदेखि वैदेशिक रोजगारीमा जाने युवासम्मलाई दोषी देखाउने काम भइरहेको जिकिर गरे। उनले रास्वपाका कार्यवाहक सभापतिले ट्राभल एजेन्सी चलाएको विषयलाई पनि विपक्षीहरूले अनावश्यक विवाद बनाइरहेको टिप्पणी गरे।

रवि लामिछानेमाथि भएको मुद्दा राजनीतिक षड्यन्त्र भएको पुनः दोहो¥याउँदै उनले कार्यकर्ताहरूलाई विचलित नभई अघि बढ्न निर्देशन दिए। उनको भनाइमा, ‘नेताहरूमाथि आक्रमण हुनु नै सफलताको सङ्केत हो।’साभारःरातोपाटी

 

Related posts

पर्सा–१ मा यसपालि १० हजार बढी भोटले जित्ने एमाले उम्मेदवार प्रदीप यादवको ठोकुवा

MadhesKhabar

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

MadhesKhabar

राप्रपासंग चुनावी तालमेलको तयारीमा एमाले

MadhesKhabar

Leave a Comment