Madhes Khabar
समाज

वीरगन्जबाट चोरी भएका मोटरसाइकलसहित दुई चोर सर्लाही र बाराबाट पक्राउ

वीरगन्ज,१८जेठःवीरगन्जका दुई छुट्टा छुट्टै स्थानबाट चोरी भएको मोटरसाइकलसहित त्यसमा संलग्न दुई जना चोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको कबिलासी नगरपालिका –४ का २१ वर्षीय राधेश्याम यादव र बाराको बारागढी गाउँपालिका –१ का २५ वर्षीय रूपेश चौधरी रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीको नयाँ टोलमा स्थानीय सारजा खातुनको नाममा दर्ता रहेको मधेश प्रदेश –०३–०२७ प ५५५५ नम्बरको मोटरसाइकल गत बैशाख २३ गते घरअगाडि पार्किङ गरेर राखिएको अवस्थामा चोरी भएको थियो । खोजतलासका क्रममा जेठ १६ गते सर्लाहीको कबिलासी नगरपालिका–४ का २१ वर्षीय राधेश्याम यादवलाई चोरी भएको उक्त मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै वीरगन्ज् महानगरपालिका वडा नम्बर ४ अमरचोकका प्रमोद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०२२ प २७७६ नम्बरको कालो रातो रंगको पल्सर मोटरसाइकल जेठ १७ गते आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको थियो । चोरी भएको उक्त मोटरसाइकलसहित बाराको बारागढी गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय रूपेश चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Related posts

सानो पाइलाद्वारा स्कुल अफ वुमेन्स् इन्टरप्रेनियोरसिपको उद्घाटन

MadhesKhabar

वीरगन्जमा गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेकाे शिविरबाट ८०० बालबालिका लाभान्वित

MadhesKhabar

वीरगन्ज जेसीसकाे नवनिर्वाचित कार्यसमितिको पहिलाे कार्यक्रम: मानव सेवा आश्रममा सहयाेग

MadhesKhabar

Leave a Comment