Madhes Khabar
राजनीति

रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले दिइन् राजीनामा

काठमाडौं,४बैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् ।प्रतिनिधी सभा सदस्यसमेत रहेकी श्रेष्ठले पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सहमहामन्त्री श्रेष्ठले राजीनामा दिएको जानकारी दिए । संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने भनेर श्रेष्ठले राजीनामा दिएकी तर स्वीकार भने भइननसकेको पार्टीले जनाएको छ ।

पछिल्लोपटक सभापति रवि लामिछानेले पार्टी पुनर्संरचना गर्ने भन्दै त्यसका लागि नेताहरूलाई तयार रहन भनेका थिए ।त्यही बेलादेखि श्रेष्ठले आफू पदबाट राजीनामा दिन र कानुन निर्माणमा क्रियाशील हुने बताउँदै आएकी थिइन् ।

श्रेष्ठले सभापति लामिछानेलाई १५ दिनअघि नै राजीनामा बुझाएकी थिइन् । तर, लामिछाने सहकारी ठगीमा उच्च अदालतको आदेशबाट पक्राउ परेपछि श्रेष्ठको राजीनामाबारे थप कारबाही भएको थिएन ।

श्रेष्ठले आफ्नो राजीनामाबारे पार्टीका नेताहरूलाई भनेकी छन्, ‘रविजी सभापतिको रुपमा फर्कनु भएलगत्तै मेरो उहाँसँग योबारे कुरा भएको हो र मैले राजीनामाको पत्र पनि बुझाएकी हुँ । रविजीले पनि पार्टीलाई पुनर्संरचना गर्छु भन्ने विचार अघि सार्नुभएको र त्यो कुरा मेरो नेतृत्व विकासको अवधारणासँग मिलेको हुँदा मैले पदबाट राजीनामा दिएकी हुँ । रविजीले पनि यसलाई सकारात्मक रुपमा लिनुभएको थियो,’ श्रेष्ठले भनेकी छन्, ‘यसपछि एक सांसद्को जिम्मेवारी अझ सशक्त रुपमा निभाउन सक्छु भन्ने मेरो ठम्याई छ ।’

Related posts

रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता, अब के हुन्छ ?

MadhesKhabar

वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादव काम गर्ने नेता हुन् ,यसपालि फेरि जिताउछौ

MadhesKhabar

पर्सामा एमालेलाई ठूलो झट्का , ५४२ नेता कार्यकर्ताले छाडे एमाले

MadhesKhabar

Leave a Comment