वीरगन्ज,९माघः बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम शिक्षालयमा बुधबार आयोजित रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् ।२४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित ५९ जना रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा सशस्त्र प्रहरी उपरीक्षक सन्जय मण्डल ,प्रकाश पाण्डे, सरोज ढकाल, सीमा गुरुङ, मदन राना, राम बहादुर राई, अनिल विक, अनुज प्रसाद चौरसिया, सविन राई, पशुपति विक लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
उक्त रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगन्जको टोलीले प्राविधिक सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए ।

