Madhes Khabar
समाचार

भूकम्पको संवेदनशीलतालाई बुझेर संरचना बनाउनुपर्छ : खानेपानी मन्त्री यादव

काठमाडौं,३माघ :खानेपानी मन्त्री प्रदीप यादवले विश्वका विभिन्न मुलुकसँगै नेपाल पनि भूकम्पको जोखिममा पर्ने भएकाले भूकम्पप्रतिको संवेदनशीलतालाई बुझेर सुरक्षित संरचना निर्माण गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल विश्वको ११औं स्थानमा पर्ने भूकम्पीय जोखिमयुक्त क्षेत्र भएकाले असुरक्षित विकासले ठूलो क्षति पु¥याउनसक्ने उनको भनाइ छ।
’यस वर्षको सरकारी नारा समेत ’भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ रहेको छ। विगतका विपद् अनि भूकम्पहरूले पु¥याएका क्षतिलाई स्मरण गर्दै हाम्रा संरचनाहरुलाई भूकम्प प्रतिरोधी बनाउनुपर्छ,’ उनले भने।

मन्त्री यादवले भूकम्पजस्ता प्राकृतिक प्रकोपहरूरुबारे सचेत गराउँदै हामीले अपनाउनुपर्ने तयारी र व्यवस्थापनका पक्षलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्ने बताए। उनले भने, ’गएको हप्ता, एक बिहानै, काठमाडौं उपत्यका हल्लियो, जब चीनमा ठूलो भूकम्प आयो हामी डरायौं, प्रकृतिको अपार शक्तिलाई सम्झँदै आगामी दिनमा प्राविधिकहरूको सल्लाहमा मात्रै संरचना निर्माण गर्नुपर्छ।’

Related posts

वीरगन्जको प्रतिमा चोकबाट लागू औषध चरेससहित सम्सुल पक्राउ

MadhesKhabar

भुवनेश्वर साहसहित ११ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

MadhesKhabar

बलिदानी दिवसमा मधेस सरकारले १ हजार दिएपछि शहिदका परिवारले गरे बवाल

MadhesKhabar

Leave a Comment