Madhes Khabar
वाग्मती प्रदेश

सरकारले गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा

मकवानपुर,२५पुस:बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गाँजा खेतीलाई वैध गर्नुपर्ने माग गरेका छन् । सरकारले कानुन निर्माण गरेर गाँजा खेती गर्ने वातावरण तयार गर्नुपर्ने उनले बताएका हुन् ।

मकवानपुरकाे राक्सिराङ गाउँपालिकाको हिउँदे अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नरहेको टिप्पणी गरे । मुख्यमन्त्री लामाले नागरिकको आवश्यकता अनुसारको विकास र गुणस्तरीय सेवा सहज रूपमा प्रदान गर्नु वर्तमान सरकारको दायित्व रहेको बताए ।

आन्तरिक समस्या र कानुनी अड्चन सुल्झाएर नागरिकको आवश्यकता अनुसारको विकासका काम गर्नुपर्ने उनको भनाई छ । सरकारले रणनीतिक आयोजनाहरू निर्माण गरेर काम गर्न जरुरी रहेको उनले औँल्याए ।साभार:राताेपाटी

Related posts

वीरगन्ज आउँदै गरेको बसबाट लागू औषध गाँजासहित दुई महिला पक्राउ

MadhesKhabar

काठमाडौंमा चार जनाको सामुहिक हत्या गर्ने आरोपी सार्वजनिक

MadhesKhabar

काँग्रेसको घोषणापत्रले ओली पागल भएका छन् – गगन थापा

MadhesKhabar

Leave a Comment