Madhes Khabar
कृषि

कृषि क्रान्तिको लागि मधेस सरकारले प्रविधिमा जोड दिएको छ :कृषिमन्त्री क्षेत्री

वीरगन्ज,२२मंसिरःमधेस प्रदेश सरकारका कृषि तथा भूमि सुधार मन्त्री जनार्दन सिंह क्षेत्रीले सिरहास्थित कृषि ज्ञान केन्द्रको निरिक्षण तथा अनुगमन गरेका छन् ।शनिबार कार्यालय निरिक्षणका अवसरमा मन्त्री क्षेत्रीले कार्यालयले अघिल्लो आर्थिक वर्षमा सम्पन्न गरेका मुख्य उपलब्धी र चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरुको बारेमा जानकारीपनि लिए ।

त्यसअवसरमा कृषिमन्त्री क्षेत्रीले कृषि क्रान्तिको लागि प्राबिधिमा जोड दिदै मधेस सरकारले काम गरिरहेको बताए । उनले मधेस प्रदेशमा कृषि विद्युतिकरणको कार्यपनि अगाडि बढिसकेको जानकारी गराए।

अनुगमनमा मन्त्री क्षेत्रीसंगै मन्त्रालयका सचिव बिनय कर्ण,मन्त्रीका स्वकीय सचिव राकेश कुशवाहा लगायतकाकोपनि सहभागीता थियो ।

Related posts

पर्सा–बारामा रहेका २९ मध्ये २५ वटा डिप ट्युबेल जीर्ण भई बन्द हुदाँ किसान मर्कामा

MadhesKhabar

वीरगन्जकाे कृषि ओैजार कारखानामा ३० वर्षपछि फर्कियाे राैनक

MadhesKhabar

पर्सामा डीएपी मलको चरम अभाव

MadhesKhabar

Leave a Comment