Madhes Khabar
स्वास्थ्य

नेशनल मेडिकल कलेज प्रधानमन्त्री ओलीबाट सम्मानित

वीरगन्ज,१२ मंसिर:वीरगन्जमा रहेकोे नेशनल मेडिकल कलेज गत आर्थिक २०८०/०८१ मा मधेस प्रदेश मै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत सम्मानित भएको छ ।

मंगलबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयाेजित ७ औँ सामाजिक सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारीलाई सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।

८ वटा जिल्ला रहेकोे मधेस प्रदेशमा ठूलो उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेबापत नेशनल मेडिकल कलेज प्रधानमन्त्री ओलीबाट सम्मानित भएको नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक शाहनावाज अन्सारीले जानकारी दिए ।

उनका अनुसार सामाजिक सुरक्षा कोषले नेशनल मेडिकल कलेजलाई आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको घोषणा गरेको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल ,श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारी लगायतकाको पनि सहभागीता रहेको थियो ।

Related posts

वीरगन्ज महानगरको ल्याबको सेवा विस्तार, दुई वर्षमा २२ हजार बढी बिरामीले लिए सेवा

MadhesKhabar

नारायणी अस्पतालमा एमआरआई सेवा नहुदा बिरामीलाइ समस्या

MadhesKhabar

वीरगन्जमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भइरहेको छ : स्वास्थ्यमन्त्री यादव

MadhesKhabar

Leave a Comment