वीरगन्ज,६कार्तिक : हरेक वर्ष छठ पूजाको उपलक्ष्यमा रक्तदान कार्यक्रम गर्दै आएको घडिअर्वा स्पोटर्स क्लबले यसवर्षपनि छठ पूजामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
यसवर्ष छठ पूजाको उपलक्ष्यमा कार्तिक १९ गते रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको घडिअर्वा स्पोटर्स क्बलका अध्यक्ष सन्तोष साह कानुले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रम वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित घडिअर्वा पोखरी परिसरमा हुनेछ । कात्तिक १९ गते सोमबार बिहान ७.३० बजेदेखि सुरु हुने रक्तदान कार्यक्रम दिउँसोसम्म चल्ने अध्यक्ष कानुले बताए ।
नेपालकै साझा पर्वका रुपमा स्थापित हुदैं गएको छठ पूजाको उपलक्ष्यमा धार्मिक आस्थासंगै सामाजिक सेवाको भावले घडिअर्वा स्पोटर्स क्लबले हरेक वर्ष छठ पूजाको उपलक्ष्यमा रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए । कार्तिक १९ गते हुने रक्तदान कार्यक्रममा सहभागी भई मानवीय सेवामा योगदान गरिदिनपनि उनले सम्पूर्णमा सार्वजनिक अपिलपनि गरेका छन् ।

