Madhes Khabar
खेलकुद

भारत ४६ रनमै अलआउट

तस्बिर :क्रिक्इन्फाे ।

काठमाडाैं,१कार्तिक:न्युजिल्यान्डसंगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा भारत ४६ रनमै अलआउट भएको छ ।

बेंग्लाेरमा टस जितेर पहिले ब्याटिङ गरेको भारत दोस्रो दिनको खाना समयपछि ४६ रनमा अलआउट भएको हो । भारतका ऋषभ पन्तले सबैभन्दा धेरै २० रन बनाए । यस्तै विराट कोहली, शरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले १ रन पनि जोड्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरोर्कीले ४ विकेट लिए ।

४६ रन भारतमा कुनै पनि टाेलीले टेस्ट क्रिकेटमा बनाएकाे सबैभन्दा कम स्काेर हाे । यस्तै ४६ रन टेस्टमा भारतकाे तेस्राे सबैभन्दा कम स्काेर हाे ।

वर्षाका कारण बुधबार पहिलो दिनको खेल टस पनि नभई रद्द भएको थियो । भारत र न्युजिल्यान्डबीचको टेस्ट क्रिकेट शृङ्खलाको दोस्रो खेल आउँदो अक्टोबर २४ देखि पुनेमा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।

Related posts

गुलशन झाको शतकीय पारीमा स्कटल्यान्डमाथि नेपालको सानदार जित

MadhesKhabar

नेपालले पाकिस्तानलाई हरायो

MadhesKhabar

नेपाल नामिबियासंग पराजित

MadhesKhabar

Leave a Comment