Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज नाकामा एसएसबीले गोली चलाएको प्रकरण : दुई जना पक्राउ, अरुकोपनि खोजी जारी

तस्बिर : दीपक अग्नीरथ

वीरगन्ज,३० असोजःवीरगन्ज–रक्सौल सीमामा मंगलबार भएको गोली चलेको प्रकरणमा भारतीय सिमा सुरक्षा बल (एसएबी) माथि हातपात गर्र्ने कार्यमा संलग्न दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

नेपाल–भारत सीमा नाकाको दशगजा क्षेत्रमा मंगलबार दिउँसो नेपालतर्फबाट कबाड लिएर जाँदै गरेका तस्करहरुलाई एसएसबीले रोक्न खोज्ने क्रममा झडप हुदाँ एसएसबीका जवानले दुई राउण्ड गोली चलाएका थिए । एसएसबीसंग झडप भएपछि नेपालतर्फ भाग्दै गरेका कबाड तस्करहरुलाई खेद्दै आएका एसएसबीका जवानले गोली चलाएपनि मानवीय क्षति भने भएको थिएन । एसएसबीले चलाएको गोलीको खोका नेपाली भूमीमा भेटिएको थियो ।

तस्करहरुले एसएसबीका जवानद्वय नविन कुमार र श्री पालमाथि आक्रमण गरेर लछार्दै नेपालतर्फको दशगजा क्षेत्रमा लैजान खोजेको र हतियार समेत खोज्ने प्रयास गरेपछि आत्मरक्षाका लागि एसएसबीका जवान नविन कुमारले दुई राउण्ड गोली चलाएपछि कबाड तस्कहरु नेपाल तर्फ भागेको एसएसबीका कमाण्डेट विकास कुमारले मंगलबार बताएका थिए ।

मंगलबारको उक्त घटनामा एसएसबीमाथि आक्रमण र ढुंगामुढा गर्ने समुहमध्येका दुई जनालाई मंगलबार नै बेलुकी रक्सौलस्थित हरैया थानाका थानाध्यक्ष अअन्जन कुमार नेतृत्वको भारतीय टोलीले पक्राउ गरेको भारतीय प्रहरीका एसपी स्वर्ण प्रभातले जानकारी दिए।उनका अनुसार, पक्राउ पर्नेमा भारत रक्सौलको अहिरवा टोलाका जितु कुमार र खुर्शीद आलम रहेका छन् । उक्त घटनामा संलग्न अन्य व्याक्तिहरुकोपनि खोजी भइरहेको एसपी स्वर्ण प्रभातले बताए ।

मंगलबार दिउँसो नेपाल–भारत सीमास्थित मितेरी पुलको दक्षिणपट्टी तिरको क्षेत्रमा गोली चलेपछि नेपालबाट नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक भारती, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालसहितको टोलीले घटनास्थलमा पुगेको थियो । त्यसक्रममा उनिहरुले भारतीय प्रहरी र एसएसबीका अधिकारीहरुसंग घटनास्थलमै भेटेर घटना बारे छलफल गरेका थिए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका  प्रहरी नायब उपरीक्षक दीपक भारतीले भने मंगलबार सीमा क्षेत्रमा भएको घटनाबारे नेपाल प्रहरीलेपनि आफनो तरिकाबाट अनुसन्धान गरिरहेको बताए ।मधेस खबरसंग उनले भने,‘भारतीय प्रहरीले पनि आफनो तर्फबाट घटना बारे अनुसन्धान गरिररहेको छ । मान्छे नै पक्राउ परेको भन्ने खबर हामीलाई आएको छैन । हामीलेपनि घटना कस्का कारण , किन भयो ? भन्ने विषयमा आफनो तरिकाले अनुसन्धान गरिरहेका छौं ।’

 

 

Related posts

जगरनाथपुरमा अतिक्रमण गरिएको १५ बिघा सार्वजनिक जग्गा खाली गराएर वृक्षाराेपण गर्ने तयारी

MadhesKhabar

जसपाका केन्द्रीय सदस्य सिंहसहित २५० नेताकार्यकर्ता कांग्रेसमा प्रवेश

MadhesKhabar

सुरु भयो तिहार, आज काग पूजा

MadhesKhabar

Leave a Comment