Madhes Khabar
खेलकुद

बंगलादेशविरुद्धको टी–२० सिरिजमा भारतकाे क्लिनस्विप

वीरगन्ज,२६असाेज:बंगलादेशविरुद्धको टी–२० सिरिज भारतले क्लिनस्विप गरेको छ।

शनिबार राति भएको तेस्रो तथा अन्तिम टी-२० खेलमा भारतले बंगलादेशलाई १३३ रनकाे फराकिलो अन्तरले हराउँदै ३ खेलकाे सिरिज भारतले क्लिनस्विप गरेको हो।

हैदराबादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा भएको खेलमा २९८ रनकाे विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले पुरै २० ओभरमा ७ विकेट गुमाएर १६४ रनमात्र बनाउन सक्याे।

बंगलादेशका लागि ताहिद हृदयले सर्वाधिक ६३ रन बनाए भने लिटन दासले ४२ रन जाेडे।

बलिङतर्फ भारतका हार्दिक पाण्डया एक्लैले ३ विकेट तथा मयंक यादवले २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ्ग गरेकाे भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २९७ रन बनाएकाे थियो।भारतका लागि सञ्जु सैमसनले सर्वाधिक १११ रन बनाए।उनले ४० बलमै शतक हानेका थिए।यस्तै सुर्यकुमार यादवले ७५ र हार्दिक पाण्डयाले ४७ रन जाेडेका थिए।

बलिङतर्फ बंगलादेशका तान्जिम हसन साकिबले ३ विकेट लिएका थिए ।

Related posts

एनपीएल : जनकपुर बाेल्ट्सलाई हराउँदै काठमाण्डु गुर्खाजकाे विजयी सुरुवात

MadhesKhabar

टी-२० विश्वकपकाे पहिलाे खेलमै नेपाल नेदरल्यान्डससंग हार्याे

MadhesKhabar

जिम्बाबेमाथि भारतकाे फराकिलो जित,शर्माले हाने शतक

MadhesKhabar

Leave a Comment