Madhes Khabar
समाज हेडलाइन

त्रिशुली दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई पूर्वमन्त्री सोनलले गरे आर्थिक सहयोग

वीरगन्ज,७साउनःअसार २८ गतते त्रिशुली नदीमा भएको बस दुर्घटनामा परेर ज्यान गुमाएका तीन जनाका परिवारलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश अध्यक्ष एवं प्रदेशसभा सददस्य जितेन्द्र सोनलले आर्थिक सहयोग गरेका छन् ।

प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका साोनलले दुर्घटनामा ज्यान गुमाएका बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ का ताराचन पटेल र उनकी श्रीमती कुश्मी देवी पटेल तथा बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ का प्रमानन्द पण्डितका परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।

सोमबार उनिहरुको घरमै पुगेर पिडित शोकमग्न परिवारलाई भेटेर सोनलले मृतकहरुप्रति श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरे ।उनले पिडित परिवारहरुको पीडामा आँफुसंगै रहेको सान्तवनापनि दिए ।साथै उनले दुवै परिवारलाई आफनो तलबको रकमबाट आर्थिक सहयोगपनि प्रदान गरेको लोसपाका युवा नेता रमेश सर्राफले जानकारी दिए ।

त्यसबेला बाराको प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष भोला गुप्ता, सुरेश गुप्ता, राजेन्द्र साह,प्रभु दास, सोनु साह, बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अली भुटो, लोसपा नेता कृष्ण साह, विजय पण्डित,सन्तोष पटेललगायतपनि सहभागी थिए ।

Related posts

वीरगन्ज महानगरले ल्यायाे ३ अर्ब २१ करोडकाे बजेट

MadhesKhabar

छठ मनाउन वीरगन्ज कारगारका महिला कैदीबन्दीहरुलाई साडी वितरण

MadhesKhabar

वीरगन्जमा खानेपानीको हाहाकार भएपछि जनमत पार्टीका महिलाहरुद्वारा सडकमा प्रदर्शन

MadhesKhabar

Leave a Comment