चितवन,२९असार :चितवनको भरतपुर महानगरपालिकाको वडा नंबर २८ गोलाघाट क्षेत्रमा एकजना पुरुषको शव फेला परेको छ ।नारायणी नदीको बाढीले पुरिएको अवस्थामा शव फेला परेको हो । मृतक व्यक्तिको पहिचान खुलेको छैन ।
उक्त शव नारायणी नदीको पानीले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।उक्त शव त्रिशुली नदीमा बेपत्ता भएका बसको यात्रु हो वा होइन भन्ने विषयमा यकिन भएको छैन।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मुृचुल्का बनाएर शव उठाउने प्रकृया सुरु भएको जानकारी दिए ।साभार:साैराहाअनलाइन

