Madhes Khabar
वाग्मती प्रदेश

मकवानपुरमा भएकाे ट्रक दुर्घटनामा तीन जनाकाे मृत्यु

मकवानपुर ,२३असार : मकवानपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेाा चितवनको राप्ति नगरपालिका- ८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, गोर्खाको गण्डकी गाउँपालिका- २ गोर्दीटारका२१ वर्षीय सुमन चेपाङ र मकवानपुरकाे मनहरी गाउँपालिका- ३ का २० वर्षीय अमृत प्रजा रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

शनिबार बिहनन १:४५ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगतको मनहरी ६ नयाँबस्तिस्थित खण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनापश्चात दुवै ट्रकमा आगलागी भएको थियो।

दुर्घटनामा चितवनको राप्ती -३ का ३५ वर्षीय विवेक तामाङ र मकवानपुरको मनहरी- ३ का ३२ वर्षीय अर्जुनकुमार प्रजा घाइते भएका छन्। उनीहरुकाे भरतपुरमा उपचार भइरहेकाे प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

Related posts

हेटौंडामा ८ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

MadhesKhabar

दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु,पर्साका २ जना घाइते

MadhesKhabar

अदालत हाजिर भएका व्यवसायी रुङ्गटा थुनामा पठाउने आदेशपछि बेहोस

MadhesKhabar

Leave a Comment