Madhes Khabar
स्वास्थ्य

मेडिकल काउन्सिलकाे सदस्यमा नारायणी अस्पतालका पूर्व मेसु डा. प्रधानसहित ६ जना नियुक्त

काठमाडौं,२४जेष्ठ:सरकारले नेपाल मेडिकल काउन्सिलमा रिक्त ६ सदस्यमा वीरगन्जको नारायणी अस्पतालका पूर्व मेसु डाक्टर वीरेन्द्र बहादुर प्रधानसहित ६ जना चिकित्सकहरुलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काउन्सिलकाे ६ रिक्त सदस्यमा डाक्टर प्रधानसहितका चिकित्सकहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप यादवकाअनुसार डा. प्रधान, डा. दिव्यासिंह शाह, डा. सुमन नेपाल, डा. मधु न्यौपाने, डा. रवीन्द्र श्रेष्ठ र डा. कुम्भराज जोशीलाई काउन्सिलको सदस्यमा नियुक्त गरिएको हो ।

‘आजको क्याबिनेटले उहाँहरु ६ जनालाई सदस्यमा नियुक्त गरेको हो,’ मन्त्री यादवले भने । डा. शाह डिनहरुमध्येबाट नियुक्त भएकी हुन् । त्यही कारण डा. शाहबाहेक अन्यको कार्यकाल चार वर्षको हुनेछ । डा. शाह भने डिन रहुन्जेलमात्रै काउन्सिलको सदस्य हुनेछिन् ।

Related posts

नेपालमा पनि भेटिए मंकिपक्सका शंकास्पद बिरामी

MadhesKhabar

नारायणी अस्पतालकाे सेवा सहज र प्रभावकारी बनाउन युवा नेताहरुकाे आग्रह

MadhesKhabar

वीरगन्जमा त्रिजुद्ध स्कूलका पूर्वविधार्थीहरुले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट ५०६ जना लाभान्वित

MadhesKhabar

Leave a Comment