माधुरी महताे
वीरगन्ज,२३जेष्ठ:सरकारले बनाउने नीति र याेजनाकाे कार्यान्वयन पक्ष फितलाे रहेकाे पर्सा र बाराका स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन्।सरकारले बनाउने नीति र याेजना सुन्दा निक्कै राम्राे भएपनि त्यसकाे कार्यन्वयन प्रभावकारी हुन नसक्दा विकास निर्माणका काम ओझेलमा पर्ने गरेको उनिहरुले बताएका छन् ।
मधेस प्रदेशकाे नीति तथा योजना आयोगले बुधबार वीरगन्जमा आयोजना गरेकाे अन्तरक्रिया कार्यक्रममा सहभागी पर्सा र बाराका पालिकाका जनप्रतीनीधीहरुले विकासका सम्वाहक खासगरी कृषि , पशु,पर्यटन,रोजगारी तथा खाद्य तथा पोषणका क्षेत्रमा मधेस प्रदेशमा स्पष्ट उद्देश्य , रणनिती र योजना कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै पर्साको पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले आत्मनिर्भर , सुखी र समृद्ध मधेसका लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताईन् । उनले सरकारले प्रदेश सरकारलाई काम गर्न सहज बनाए मात्र स्थानीय तहसम्म अपेक्षित रुपमा विकासका काम हुन सक्ने धारणा व्यक्त गरिन् ।
आत्मनिर्भर ,सुखी र समृद्ध मधेस नारा सहित मधेस प्रदेशको दोश्रो आवधिक योजना आर्थिक वर्ष २०८०/८१—२०८५/०८६ को प्रारम्भिक मस्यौदा उपर पर्सा र बाराका स्थानीय तहमा बुधबार गरिएको अन्तरक्रिया कार्यक्रममा अन्य स्थानीय तहका जनप्रतीनीधीहरुले पनि पहिलेका योजना र योजना कार्यान्वयनको अवस्थाबारे टिप्पणी गर्दै आगामी दिनका योजनाहरमा तीनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे ।
प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरीको अध्यक्षतामा भएको अन्तक्रिया कार्यक्रममा कार्यक्रमको उद्देश्यबारे प्रदेश निति तथा योजना आयोगका सदस्य हरीशंकर प्रसाद साहले प्रकाश पारेका थिए ।
अन्तक्रिया कार्यक्रममा आयोगद्वारा प्रस्तुत पहिलो आवधिक योजनाको मस्यौदा तथा आगामी पञ्च वर्षिय आवधिक योजनाबारे कार्यक्रममा सहभागिहरुले विभिन्न सुझाव समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पर्सा र बाराका स्थानीय तहका प्रमुख , उपप्रमुख , प्रमुख प्रशासकिय अधिकृत , प्रतिनिधी , विभिन्न संघ संस्थाका प्रतिनिधी , संचारकर्मी , सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधी , पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी लगायतको सहभागीता रहेको थियो ।

