वीरगन्ज,१०जेष्ठः वीरगन्जको पिपरामठमा रहेको विश्व हिन्दु संस्कृत विद्यापिठ विद्यालयको भौतिक पूर्वाधार पुर्न निर्माण र स्तरोन्नत्तीका लागि नेको इन्स्योरेन्सले १ लाख रुपैया आर्थिक सहयोग गरेको छ ।उक्त विद्यालयको भौतिक पूर्वाधार पुर्न निर्माण र स्तरोन्नत्तीमा लागेको राउण्ड टेबल नेपाललाई नेको इन्स्योरेन्सले १ लाख रुपैया आर्थिक सहयोग गरेको हो ।
नेको इन्स्योरेन्सका वीरगन्ज शाखाका प्रमुख बिक्रम आलेले राउण्ड टेबल नेपालको टेबल ८ का अध्यक्ष आकाश सर्राफलाई १ लाख रुपैयाको चेक प्रदान गरेका हुन् ।आर्थिक सहयोगका लागि नेको इन्स्योरेन्सलाई आभार प्रकट गर्दैै अध्ध्यक्ष सर्राफलले उक्त रकम विद्यालयको भौतिक पुर्वाधार निर्माण र स्तरोन्नत्तीमा खर्च गरिने बताए ।

