बारा,३०बैशाख :बाराको जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २ दशबिगाहामा रहेको सरस्वती आधारभुत बिद्यालयका विद्यार्थीलाई एक दम्पतीले शैक्षिक सामाग्री प्रदान गरेका छन् ।आफनो १७औ वैवाहिक बर्षगाँठको अवसरमा उमेश चौलागाई र रिता कँडेल चौलागाईले आइतबार विद्यालयमा अध्यननरत विद्यार्थीहरुलार्य शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
यु आर गोल्ड प्रिमियम मसला चिया र यु आर अटोमेटिक लण्ड्रिका सञ्चालकद्धय चौलागाई दम्पतीले विद्यालयमै पुगेर १ सय ५० जना विद्यार्थीहरुलार्य करिब १ बर्षको लागी पुग्ने कपि, कलम, पेन्सिल, ईरेजर र कटर वितरण गरेका विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले जानकारी दिए ।
विद्यालय परिषरमा आयोजित शैक्षिक सामाग्री वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य एंव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल घिमिरे, प्रधानाध्यापक घमिरे, व्यवस्थापन समितिका सदस्यहरु मनहरी अधिकारी, हेमराज न्यौपाने, भिम प्रसाद खकुरेल, निर्मला लामा, बिना बस्नेत लगायतकोपनि उपस्थिति थियो ।

