Madhes Khabar
स्थानिय

ट्यांकरकाे ठक्करबाट पर्सामा कार्यरत प्रहरी जवानकाे मृत्यु

सांकेतिक फोटो ।

बारा,४बैशाख:बारामा तेल ट्यांकरकाे ठक्करबाट एक प्रहरी जवानकाे मृत्यु भएकाे छ।माेटरसाइकलमा सवार ती प्रहरी जवानलाई बाराकाे सिमरामा तेल ट्यांकरले ठक्कर दिँदा उनको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत अछाम जिल्ला घर भएका प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा मंगलबार बिहान १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियारले हाँकेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सिमरास्थित दुरसञ्चार कार्यालय अगाडि ना ७ ख ३०२६ नम्बरको ट्यांकरले पछाडिबाट ठक्कर दिएको थियो ।

घाइते प्रहरी जवान परियारलाई उद्धार गरेर उपचारका लागि एल.एस. न्युरो हस्पिटलमा ल्याइएको र उपचारकै क्रममा उनकाे मृत्युु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

Related posts

वीरगन्जमा हैजा समुदायस्तरमै फैलिन थालेपछि विद्यालय २ दिनका लागि बन्द,२५ वटा टोली परिचालन

MadhesKhabar

निर्वाचन आयोगले जरिवाना तोके पछि पर्साका दलित उम्मेदवारहरु समस्यामा

MadhesKhabar

पर्साकाे सखुवा प्रसाैनीमा दुई सातादेखि बाघकाे आतंक

MadhesKhabar

Leave a Comment