Madhes Khabar
स्थानिय

ट्यांकरकाे ठक्करबाट पर्सामा कार्यरत प्रहरी जवानकाे मृत्यु

सांकेतिक फोटो ।

बारा,४बैशाख:बारामा तेल ट्यांकरकाे ठक्करबाट एक प्रहरी जवानकाे मृत्यु भएकाे छ।माेटरसाइकलमा सवार ती प्रहरी जवानलाई बाराकाे सिमरामा तेल ट्यांकरले ठक्कर दिँदा उनको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत अछाम जिल्ला घर भएका प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा मंगलबार बिहान १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियारले हाँकेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सिमरास्थित दुरसञ्चार कार्यालय अगाडि ना ७ ख ३०२६ नम्बरको ट्यांकरले पछाडिबाट ठक्कर दिएको थियो ।

घाइते प्रहरी जवान परियारलाई उद्धार गरेर उपचारका लागि एल.एस. न्युरो हस्पिटलमा ल्याइएको र उपचारकै क्रममा उनकाे मृत्युु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

Related posts

ठोरी गाँउपालिकाकाले ल्यायो ५१ करोड ५४ लाखको बजेट

MadhesKhabar

भीडभाडमा गहना लुट्ने गिरोह वीरगन्जमा पक्राउ, ३७ लाखको सुनचाँदीका गरगहनापनि बरामद

MadhesKhabar

बारामा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाबाट माटो चोरी गर्दै बिक्री

MadhesKhabar

Leave a Comment