Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु

सांकेतिक तस्बिर ।

वीरगन्ज,५चैत:पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु भएकाे छ। बाघकाे आक्रमणबाट ठाेरी गाँउपालिका वडा नम्बर ४ मालीबस्तीकी ४० बर्षिया अविवाहिता महिला कलावती खत्रीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाेरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय ठाेरीका प्रहरी निरीक्षक सन्ताेष राईका अनुसार, मालबस्ती गाँउ नजिकैको मध्यवर्ती वन क्षेत्रमा  छेउमा घाँस काट्न गएका बेला साेमबार साँझ ४.३० बजेतिर जंगलबाट आएकाे बाघले आक्रमण गर्दा खत्रीकाे मृत्युु भएकाे हाे।

आक्रमण गर्ने बाघ भने जंगलतिर भागेकाे स्थानीयले बताएका छन्।

मृतक महिलाकाे शव पाेष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाउने तयारी भइरहेकाे प्रहरी निरीक्षक राईले जानकारी दिए।

एक महिनाभित्रै पर्सामा बाघकाे आक्रमणबाट ज्यान गुमाउनेकाे संख्या दुई पुगेकाे छ।यसअघि पटेर्वा सुगाैली गाँउपालिकामा बाघकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु भएकाे थियाे।

पर्साकाे ठाेरी,पटेर्वा सुगाैली र सखुवा प्रसाैनी गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएकाे छ।आतंक मच्चाउने दुई बाघमध्ये भाले पाटे बाघलाई गत बिहीबार मात्रै तीन वटा हात्तीकाे मदतमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त प्राविधिक टाेलीले सखुवा प्रसाैनी गाँउपालिका स्थित उँखुबारीबाट डाट हानेर नियन्त्रणमा लिएको थियाे ।पाेथी बाघलाई नियन्त्रणमा लिन भने उक्त टाेली असफल भएकाे थियाे।

Related posts

स्व. गाेपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार पासवान पुरस्कृत

MadhesKhabar

वीरगन्जमा सार्वजनिक स्थान खाली गराउने अभियान तीब्र

MadhesKhabar

निजगढमा यात्रुवाहक बस दुर्घटना हुदाँ १ काे मृत्यु ,३० भन्दा बढी घाइते

MadhesKhabar

Leave a Comment