सप्तरी,२चैत:राष्ट्रिय एकता अभियानका बरिष्ठ नेता विपी यादवले पोष्टर घटनामा अभियानको कुनै संलगनता नभएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवकाे अभद्र पाेष्टर टाँसेकाे आराेपमा जनकपुर र वीरगन्जबाट बिहीबार प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको थियाे।
जनकपुरबाट राष्ट्रिय एकता अभियानका केही नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको प्रति ध्यानकर्षण भएको जनाउँदै यादवले उनीहरुको रिहाईको माग समेत गरेका छन्।
लोसपाका केन्द्रिय सदस्य समेत रहेका यादवले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संघीय सरकारको गृहमन्त्रीको निर्देशनमा जनकपुरबाट मनिष पुर्बे, पंकज झा ,वीरगन्जबाट उदय रौनियार र नवीन भट्टराईलाई प्रहरीले शंकाको भरमा पक्राउ गरेर थुनामा राखेकोले उनीहरुको रिहाईको माग गरेका छन् ।
मधेसको भु–भागमा केही दिन देखि प्रधानमन्त्री प्रचण्ड र उप–प्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको फोटो राखि गरिएको अमर्यादित कार्य प्रति आफुहरुकाेपनि ध्यान आकर्षित भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्रिय एकता अभियानको उद्देश्य राष्ट्र, समुदाय, समाज र व्यक्तिहरुबीच एकता अर्थात जोडने न कि तोडने कार्यमा हाम्रो नेता र कार्यकर्ताको संलगणनता कहिं कतै छैन्’ विज्ञप्तिमा भनिएको छ ।
प्रचण्डको नेतृत्वमा १५ महिनाको अवधिमा ३ पटक विश्वासको मत, १६ पटक मन्त्रिमण्डलको पुनर्गठन र दोस्रो पटक समिकरण अदलबदल गर्दा देश र जनताको लागि कदापी लाभदायक नभएको जनाउँदै यादवले व्यक्तिगत पदिय फाईदाको लागि चाईनिजको ईसारामा प्रचण्ड र उपेन्द्र यादवले राता–रात समिकरण बदलेको यथार्थ कुराको शान्तिपुर्ण बिरोध गर्नु जनताको संविधान अनुसारको हक भएको समेत बताएका छन् ।

